
काठमाडौं – त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा समस्याग्रस्त बनेको नेपाल वायु सेवा निगमकै जहाजमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत जाने भएका छन् । दिल्लीबाट मंगलबार काठमाडौं आएको एयरबस ए–३२० (लुम्बिनी) चढेर प्रचण्ड भारत भ्रमणमा जान लागेका हुन् ।
उक्त एयरबस मंगलबार त्रिभुवन विमानस्थलमा अवतरणसँगै समस्याग्रत बनेको हो । धावनमार्गमै जहाजको टायर फुस्किँदा पनि जहाज दुर्घटना हुनबाट जोगिएको हो । नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारले प्रधानमन्त्री भारत जाने विमान पनि सोही रहेको जानकारी दिए ।
‘जहाजमा सामान्य प्राविधिक समस्या आएको मात्रै हो,’ उनले भने, ‘एकैछिनमा बनिहाल्छ, प्रधानमन्त्री भारत जाने विमान यही हो ।’ उनले नयाँ मोटरसाइकलको पनि हावा खुस्किने भएकोले विमानको सो समस्यालाई ठुलो रूपमा नलिन समेत अनुरोध गरे ।
उक्त जहाज अहिले अवतरण गरेकै ठाउँमा छ । हावा कम भएपछि टायर खुस्किँदाको हो । विमानस्थल स्रोतका अनुसार अहिले जहाजलाई पार्किङमा लैजान सकिएको छैन । उक्त जहाजलाई तानेर पार्किङमा लगेर मर्मत गरिने छ । कंशाकारले मंगलवार साँझ सम्ममा विमान बन्ने जनाएका छन् ।
परराष्ट्रमन्त्री प्रकाशशरण महत सहित १ सय ८५ यात्रु चढेकोे नेपाल एयरलाइन्सको विमान मंगलवार त्रिभुवन विमानस्थलमा दुर्घटनाबाट जोगिएको थियो । दिल्लीबाट काठमाडौं आएको उक्त विमानमा त्रिभुवन विमानस्थलमा अवतरण भएसँगै गडबडी आएको थियो । परराष्ट्रमन्त्री प्रकाशरण महत सोही विमान चढेर भारतबाट स्वदेश फर्केका थिए ।
टायर फुस्किएपछि त्रिभुवन विमानस्थलको उडान समेत प्रभावित भएको थियो । टायर फुस्किएको झन्डै आधाघण्टापछि अर्थात् केहीबेर अघि विमानस्थल सामान्य अवस्थामा फर्किएको विमानस्थल स्रोतले जनाएको छ । विमानस्थलको अपरेटिङ कार्यालयका अनुसार ६ वटा विमानलाई ‘डाइभर्ट’ गरिएको थियो ।
बुद्ध यएर, यति यएर, अरब एयर र ढाका यएरको एक÷एक वटा र तारा यएरको दुई विमानलाई अन्तै पठाइएको थियो । नेपाल वायु सेवा निगमको अर्को एयरबस ए ३२० सगरमाथा पनि प्राविधिक समस्याका कारण भारतको नयाँ दिल्लीमा ग्राउण्डेड अवस्थामा छ ।
- लोकान्तर
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्