
काठमाडौं – दिल्लीले नै तय गरिदिएको मिति अुनसार बुधवार प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड चार दिन लामो भारत भ्रमणमा निस्कदै छन् । दिल्लीसंगको सम्वन्ध सुधारका लागि प्रधानमन्त्री दाहालले पत्नि सीतालाई पनि संगै लिएर जान लागेको भारतीय मिडियाहरुको दावी छ ।
यद्यपि देशको कार्यकारी प्रमुख अन्तराष्ट्रिय भ्रमणमा निस्कँदा फस्ट लेडिका हैसियतले पत्निलाई संगै लैजाने प्रचलन पनि छ । वुधवार दिल्ली अराईभल हुन लागेका प्रधानमन्त्री पुष्प कमल दाहालले भारतसंग सम्वन्ध सुधारका लागि दिएको सकरात्मक सन्देशका वावजुद पनि दिल्ली अत्याधिक सतर्क रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
भारतीय मिडियाहरुमा प्रकाशित समाचार अनुसार नयाँ संविधानले दुई देशको कुटनीतिक सम्बन्धमा आएको तिक्तताका कारण भारतले नेपालका सन्दर्भमा आफ्नो कार्ड खोल्नु अघि प्रचण्डको वुझाई,उद्देश्य र उनको सम्पूर्ण कुराहरुको नापजाँच गर्ने छ । प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमण अघि उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री संविधान सहित सवै विवादित विषयहरुलाई मिलेर सल्टाउने सन्देश दिएको पनि भारतीय मिडियाहरुले वताएका छन् ।
प्रधानमन्त्री दाहालको चार दिन लामो भ्रमण अघि तीन दिने भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा प्रकाश शरण महतले सोमबार भारतीय समकक्षी सुष्मा स्वराजसंगको भेट्मा संविधान विवादका साथ–साथै उर्जा, सडक–पारवहन सहित अन्य क्षेत्रमा पनि भारतको सहभागिता वढाउने विषयमा चर्चा गरेको भारतीय मिडियाले प्राथमिकताका साथ छापेका छन् ।
सरकारी सुत्रलाई उद्धृत गर्दै भारतीय मिडिया अमर उजाला लेख्छ “प्रचण्डले आफ्ना दुतहरु मार्फत संविधान विवादको समाधानमा भारतको चिन्तालाई ध्यानमा राख्ने सन्देश दिएका छन् । यद्यपि नेपालले कुन प्रकारले भारतको चिन्तालाई ख्याल गर्छ त्यो भने स्पष्ट छैन ।”
अमर उजाला अगाडि लेख्छ “भारतले एक पटक फेरि संविधानमा मधेशी सहित वर्गहरुको समान भागिदारी सुनिश्चित गर्नुपर्ने सर्त राख्ने छ । विहिवार प्रधानमन्त्री नरेन्द्र मोदीसंगको वैठकमा यसवारे प्रचण्डको दृष्टीकोण क्लियर हुने छ ।”
भारतीय सञ्चारमाध्यमका अनुसार भारतले दुई देशवीच उर्जा, पारवाहन र व्यापारका कैयौं क्षेत्रमा महत्वपूर्ण सम्झौताको रुपरेखा तयार गरिरहेको छ । पारवहनमा फास्ट ट्रयाकमा भारतीय चासोलाई पनि संवोधन गर्नुपर्ने गृहकार्य भइरहेको वताइएको छ । प्रधानमन्त्री दाहालले भारत भ्रमणमा राष्ट्रपति प्रणव मुखर्जी, केही मन्त्री, र विभिन्न दलका नेताहरुसंग भेटवार्ता गर्नेछन् ।
- एसियन समाचार
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्