×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भ्रमणको नाममा बालकसँग यौन दुराचारका लागि काठमाडौं आउँदै अमेरिकी नागरिक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

भ्रमणको नाममा बालकसँग यौन दुराचारका लागि काठमाडौं आउँदै अमेरिकी नागरिक

२८ भाद्र २०७३, मंगलवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी) ले बाल यौन दुराचारको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । दुराचारको आरोपमा तीन साता अगाडि नेपाल छिरेका अमेरिकी नागरिक केनेथ जोसेफ कमबस र काठमाडौंका लुच्चे भन्ने बुद्ध पुतवारलाई पक्राउ गरेको हो । 
कमबस यौन दुराचारकै लागि तीन महिनाको भिसा लिएर ७ भदौमा काठमाठौं उत्रिका थिए । कमबस जस्ता यौन दुराचारीलाई लुच्चे जस्ता दलालले कलिला बालकको चाँजोपाँजो मिलाउने गरेको सिआइबीकोे अनुसन्धानबाट खुलासा भएको छ । ७ भदौमा नेपाल छिरेका कमबसको पहिलो सम्पर्क दलाली लुच्चेसँग भएका प्रमाण सिआइबीले हात पारेको छ । कमबसको भ्रमणको मुख्य उद्देश्य यौन दुराचार भएको समेत पुष्टि भएको सिआइबीको दाबी छ । 
उमेरले ४८ काटेका कमबस नेपाल आउनुको प्रमुख उद्देश्य बालकसँग यौन दुराचार गर्नु थियो । विषेश सूचनाको आधारमा सिआइबीले गत शुक्रबार ठमेलको होटल याम्बुको एक कोठाबाट कमबसलाई ११ देखि १४ वर्ष उमेरका तीन बालकसँग आपत्तिजनक अवस्थामा फेला पारेपछि उनको भ्रमणको रहस्य खुल्यो । सिआइबीको नियन्त्रणमा रहेका कमबसले सुरुमा आफू सम्मानित व्यक्ति भएको भन्दै प्रतिकारसमेत गरेका अनुसन्धानमा खटिएका एक प्रहरीले बताए । ब्युरोले होटलबाट समातिएका तीनसहित आठ बालक र कमबसलाई बालक उपलब्ध गराउने लुच्चेलाई पनि हिरासतमा लिएपछि मात्र उनको बोली बन्द भएको थियो । 
कमबसको नेपाल भ्रमण बाल यौन दुराचारका लागि रहेकोे तथा उसको अरू पनि समूह हुन सक्ने भन्दै सिआइबीले अनुसन्धान थालेको छ । सिआइबी प्रमुख डिआइजी नवराज सिलवालले भने, ‘कमबसजस्तै थुप्रै विदेशी र नेपालीलाई पनि लुच्चेले बालक उपलब्ध गराउँदै आएको अनुसन्धानबाट खुलासा भएको छ ।’ नेपाल आउने बाल यौन दुराचारी विदेशीको पहिलो सम्पर्क व्यक्ति लुच्चे भएको र त्यहीअनुसार अनुसन्धान सुरु भएको सिलवालले बताए । इलिनोइसका बासिन्दा बताउने ५१७८१७११२ राहदानी नम्बर भएका कमबसले आफू ‘एप डेभलोपर’ भएको बयान दिएका छन् । कमबसको मोबाइल र ल्यापटपमा बालकहरूसँग गरेका अश्लील तस्बिर र भिडियोसमेत भेटिएका छन् ।
प्राविधिकसमेत रहेका कमबसले ल्याटपबाट मेटाएका डाटा रिकभर गर्दा धेरै प्रमाण फेला परेको सिआइबीले जनाएको छ । यौन दुराचारीको सिकारमा परेका आठै जना बालकले आइतबार काठमाडौं जिल्ला अदालतको इजलासमा हाजिर भएर बयान दिएका छन् । उनीहरूको बयान अदालतबाट प्रमाणितसमेत भइसकेको सिआइबीले जनाएको छ ।
बयानमा बालकहरूले केही वर्षदेखि आफूहरू माथि यौन दुराचार भइरहेको बयान दिएको सिआइबीले जनाएको छ । लुच्चेले सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रामेछाप दोलखालगायत जिल्लाबाट विभिन्न प्रलोभनमा पार्दै बालक काठमाडौं ल्याउने गरेको सिआइबीको अनुसन्धानबाट खुलासा भएको छ । ती बालकलाई लुच्चेले स्वयम्भूस्थित आफ्नो डेरा कोठामा राख्दै आएका थिए । विदेशीको मागबमोजिम ती बालक होटल र रिसोर्टमा उनले पु¥याउने गरेका थिए । लुच्चेले गाउँमा गएर सहरमा लगेर पढाउने, जागिर लगाइदिने र पैसा दिने भनेर बालक काठमाडौं ल्याउने गर्थे । नेपाल घुम्ने बहनामा यौनदुराचारको उद्देश्य बनाएर नेपाल आउने विदेशीको संख्या ठूलो हुनसक्ने अनुमान ब्युरोको छ । 
सामान्य लुच्चेको आर्थिक अवस्थासमेत एकाएक अकासिएको र उनको सम्पत्ति विवरण देख्दा ब्युरोका अधिकृत चकित खाएका छन् । उता पर्यटन व्यवसायी पनि शंकाको घेरामा तानिएका छन् । ब्युरोका प्रारम्भिक अनुसन्धानमा काठमाडौंका प्रचलित केही पाँचतारेदेखि नगरकोट, धुलिखेल, ककनी र थानकोटका रिर्सोटसम्म लुच्चेले बालकलाई यौन दुराचारका लागि पु¥याउँदै आएको खुलेको छ । ठमेलमा रहेका होटल र नाम चलेका टुर अपरेटरसम्मको अप्रत्यक्ष संलग्नता यसमा पाइएको ब्युरोले जनाएको छ । 
डिआइजी सिलवालका अनुसार विदेशीसँग पैसा लिएर केही ठूला पर्यटन व्यवासायी पनि यो धन्दामा संलग्न रहेको प्रमाण ब्युरोले फेला पारेको छ । विदेशीलाई बालक उपलब्ध गराउन मासिक लाखौं डलरसम्मको कारोबार भइरहेको छ, मात्र बाल यौन दुराचारका लागि नेपाल आउनेको सख्या पनि ठूलो छ, यसमा ठूलो सञ्जाल सक्रिय छ,’ सिलवालले भने । 
उनका अनुसार होटलमा बसेका विदेशीको कोठामा पटकपटक फरकफरक बालक गइरहनु र होटलका कर्मचारी मौन रहनु रहस्यमय छ । उनले भने, ‘यो समस्या सबैको हो, कलिला बालकमाथि भइरहेको अपराध रोक्न सबैको सहयोग अनिवार्य छ, यस्तो अपराध गर्नेलाई ब्युरोले छोड्दैन ।’ ब्युरोले काठमाडौं जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसारपसार र बाल यौन दुराचार मुद्दाअन्तर्गत कमबस र लुच्चेलाई ६ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ । जनप्रहार साप्ताहिकबाट 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी