×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राजधानीमा हुँदैछ फरक फेशन शो : सिनेकर्मीदेखि पत्रकारसम्म र्‍याम्पमा उत्रिँदै

LAXMI SUNRISE BANK

राजधानीमा हुँदैछ फरक फेशन शो : सिनेकर्मीदेखि पत्रकारसम्म र्‍याम्पमा उत्रिँदै

२८ भाद्र २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – काठमाडौँमा एक फरक खालको ‘फेशन शो’ आयोजना हुने भएको छ । कार्यक्रममा मोडल मात्र होइन सिनेकर्मीदेखि पत्रकारहरु समेत र्यापमा उत्रने भएका छन् ।  राजधानमीमा आगामी असोज १ गते यस्तो फरक किसिमको फेसन शो ‘फेसन नोभा’ सो हुने भएको छ। द क्रिएसनको प्रस्तुति तथा राइजिङ नेपाल प्रालिको सहकार्य र व्यवस्थापनमा राजधानीको होटल सोल्टी क्राउन प्लाजमा ‘फेसन नोभा’ योजना हुन लागेको आयोजकले बताएको छ ।
फेसन उद्योगमा लाग्न र यसबारे अध्ययन गरिरहेकाहरुलाई यो फेसन सो महत्वपूर्ण सावित हुने आयोजकको विश्वास छ । फेसन सोमा द क्रिएसन स्कुल अफ फेसन डिजाइनका ३० जना विद्यार्थीले तयार पारेका अन्तर्राष्ट्रिय स्तरका डिजाइनमा १६ जना नेपाली मोडलहरु र्‍याम्पमा उत्रिनेछन् ।
यस्तै सोमा ९ वटा आकर्षक फेसन सिक्वेन्स रहने सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । सिक्वेन्स स्टपरका रुपमा नेपाली सिनेक्षेत्रका कलाकारहरुले र्‍याम्पमा प्रस्तुति दिनेछन् भने मिडिया पर्सनालिटी, स्पोर्ट पर्सनालिटी लगायतले पनि फेसन सोमा भाग लिने आयोजकको भनाइ छ ।
मुख्य सो स्टपरका रुपमा नायिका करिश्मा मानन्धरले प्रस्तुति दिने भएकी छिन्। यस्तै कार्यक्रममा नृत्य, गायन तथा हास्यव्यंग्यलाई पनि समावेश गरिनेछ । कार्यक्रममा फेसन क्षेत्रमा योगदान पुर्‍याउने एक जनालाई सम्मान गरिनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी