
रौतहट – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिरहामा सम्बोधन गर्ने कार्यक्रममा सहभागी हुन हिडेका सयाैँ कार्यकर्ता बाटाेमै अलपत्र परेका छन । ऊर्जा राज्यमन्त्री सत्यनारायण भगत, सांसदहरुसहित नेकपा माओवादीका सयौं कार्यकर्ताहरु राैतहटमै रोकिएका हुन् । प्रधानमन्त्री प्रचण्ड सिरहामा आयोजित कार्यक्रममा अाउने भएकाले त्यहाँ हिँडेका राज्यमन्त्री भगत सहित सांसदहरु र सयौं कायकर्ताहरु रौतहटमै रोकिएकाे बताइएकाे छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहपुरका पौराइ जंगलमा बाढी आएपछि ऊर्जा राज्यमन्त्री भगत, सांसदहरु प्रभु साह, सुरेन्द्र जयसवालसहित बारा र पर्सा जिल्लाका सांसदहरु चन्द्रनिगाहपुरमा विहानैदेखि रोकिएका छन्।
पौराइ जंगलमा रहेका दुईवटा लच्कामा बिहान करिव चार बजेदेखि ठूलो बाढी आएपछि राजमार्ग बन्द हुँदा पर्सा, बारा र रौतहटबाट प्रधानमन्त्रीले सम्वोधन गर्ने कार्यक्रममा सिरहा हिडेका पाँच सयभन्दा बढी नेता कार्यकर्ता चन्द्रनिगाहपुरमा रोकिएका हुन्। सांसद तथा माओवादी केन्द्रका पोलिट्व्युरो सदस्य प्रभु साहले सयाैं कार्यकर्ताहरुसँगै आफु पनि चन्द्रनिगाहपुरमा रोकिएको बताउँदै प्रधानमन्त्रीनै रौतहट आउने कार्यक्रम तयारी भैरहेको बताए।
मौसम प्रतिकुलताका कारण काठमाडौंबाट हेलिकप्टर उड्न नसेको जानकारी दिँदै दिउसो ३ बजेसम्म मौसम सफा भए पहिले प्रधानमन्त्री चन्द्रनिगाहपुर आउने र त्यसपछि सिरहा जाने साहले बताए। नेकपा माओवादी केन्द्रका अर्का नेता युवराज भट्टराईले रौतहटमा पनि प्रधानमन्त्रीले सम्वोधन गर्ने कार्यक्रमको तयारी भइरहेको जानकारी दिए।
- एसियन समाचार
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्