×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालले गर्यो उत्तर कोरियाको बिरोध

LAXMI SUNRISE BANK

नेपालले गर्यो उत्तर कोरियाको बिरोध

२७ भाद्र २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौँ – जनगणतन्त्र उत्तर कोरियाले हालै गरेको आणविक परीक्षणका सन्दर्भमा नेपाल सरकारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सरकारले परराष्ट्र मन्त्रालयमार्फत सोमबार एक विज्ञप्ति जारी गरी संयुक्त राष्ट्र संघको सुरक्षा परिषद् तथा अन्तर्राष्ट्रिय समुदायको अवज्ञा गर्दै कोरियाले गरेको उक्त परीक्षणप्रति विरोध जनाएको हो ।
सबै किसिमका आमविनाशकारी हतियारको पूर्ण निशस्त्रीकरणमा नेपालले लिएको स्थिर नीतिअनुसार त्यस्ताखाले परीक्षणको विरुद्धमा रहने विज्ञप्तिमा उल्लेख गरिएको छ । नेपाल सरकारले कोरियाली प्रायद्वीपमा शान्ति र स्थिरताको कामना गर्दै यस्ता गतिविधि रोक्न कोरियाली सरकारसँग आग्रह समेत गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी