×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चित्लाङमा बँदेलले बालीनाली सखाप, स्थानीया बारीमै जाग्राम

LAXMI SUNRISE BANK

चित्लाङमा बँदेलले बालीनाली सखाप, स्थानीया बारीमै जाग्राम

२७ भाद्र २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौँ – मकवानपुरको उत्तरी क्षेत्रमा रहेका चित्लाङग गाविसमा बँदेलले बालीनाली सखाप पार्न थालेपछि स्थानीयबासी बारीमै जाग्राम बस्न थालेका छन् । रातको समयमा बँदेलको समूह आएर मकै, कोदोलगायतको बाली नाली नष्ट गर्न थालेपछि स्थानीय बालीनाली जोगाउन रातभर बारीमै जाग्राम बस्न थालेका हुन् ।  
मकै पाक्न लागेको समयमा नजिकैका जङ्गलबाट बँदेलको समूह आएर माझगाँउ, कुच्वु , भन्दारखर्क, बिचारीठोक र खर्क का स्थानीयले लगाएको बालीनाली सखाप पार्न थालेपछि उनीहरु चिन्तित हुन थालेका छन् । बँदेलको समूहले मकै, भतमास, सिमी, पिडालु, तरुललगायतका बाली नाली नष्ट पारेको माझगाउँ– ५ का राजन बलामीले जानकारी दिए ।
“बर्सेनी पाक्न लागेको बाली नष्ट गरेर बँदेलले दुःख दिन थाले, बालीनाली जोगाउन बारीमै रातभर जाग्राम बस्नुपर्ने भयो,” बलामीले भने । लगातार तीन वर्षदेखि बँदेलको समूहले चित्लाङ्ग वडा नं ४ र ५, देवस्थलको २, १ र ८  वडामा करिब २०० रोपनीमा लगाएको बाली सखाप पारेको स्थानीयको भनाइ छ ।
बँदेलको समूहले सबैभन्दा बढी मकैबालीमा क्षति पुर्याएको स्थानीयले जानकारी दिए । बँदेलको समूहले मानिसलाई समेत आक्रमण गरेर घाइते समेत बनाउने भएकाले स्थानीय त्रसित भएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी