×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समाचार बुबालाई यस्तो पत्र लेखेर ९ मा पढ्ने बिशालले गरे आत्महत्या !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

समाचार बुबालाई यस्तो पत्र लेखेर ९ मा पढ्ने बिशालले गरे आत्महत्या !

२७ भाद्र २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


बुटवल – बुटवल ११ कालिकानगर टिचरपथमा अस्थायी रुपमा बस्दै आएका १५ बर्षिय बिशाल भुसालले बुबालाइ चिठि लेख्दै आत्महत्या गरेका छन्  । उनले आफ्नै रुमको पङ्खामा बेडको तन्नाले घांटीमा पासो लगाएर ज्यान फालेका हुन् ।
बाग्लुङ बुर्तिबाङ १ मा स्थायी घर भइ बिगत ४ महिनादेखि बुटवलमा बाबु नरहरि भुसालसंग बस्दै आएका थिए । बिशाल बुटवलको कालिकानगरमा रहेको कालिका उच्च माबि कक्षा ९ मा पढ्दै आएका थिए ।
उनले सुसाइट नोटमा लेखेका छन्—‘म मरेको दोष अरु कसैलाइ नदिनु मेरै कारणले मरेको हुं ।’
‘म मरेपनि भाइ र बहिनी ज्यूदै छन् भाइलाइ इलेक्ट्रिक इन्जिनियर,बहिनीलाइ डाक्टर बनाउनू ’ ।उनका बुबा बिजुलीको वाएरिङ गर्ने काम गर्छन् ।
उनी डेढ महिनाअघिदेखि बिभिन्न जिल्लामा बिजुलीको कामका लागि गएका थिए । बिशाल भने अहिले एक्ले रुममा बस्दै आएका थिए । बिशालकी आमा भने बुबासंग डिभाेर्स गरेर गएकाे धेरै बर्ष बितिसकेकाे बताइएकाे छ ।

आत्महत्याबारे प्रहरीले थप अनुसन्धान थालेकाे बुटवल प्रहरीले जनाएकाे घटनास्थलमा पुगेका प्रहरी नायब निरिक्षक श्यामबहादुर पुनले बताए । उनले बुबालाई बिहे गरेर भाइबहिनीकाे संरक्षण गर्न सुझाब पनि दिएका छन् ।
  • हिमाल पोष्ट 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी