
काठमाडौं – विप्लव नेतृत्वको नेकपा (माओवादी)निकट अखिल क्रान्तीकारीले शिक्षामन्त्रालय र सरोकारवाला निकाय गंभिर नभए अनिश्चितकालिन शैक्षिक हड्तालमा जाने घोषणा गरेको छ ।
यसपटक पनि आफ्ना मागहरु सुनुवाई नभए सरकारी सवारीसधानहरुमा रोक , चक्काजाम तालावन्दी र अनिश्चितकालिन शैक्षिक हड्ताल लगायत संघर्षका कार्यक्रममा जान वाध्य हुने छौं अखिल क्रान्तीकारीका अध्यक्ष पूर्णबहादुर सिंहले शिक्षा मन्त्रालयलाई वुझाएको ध्यानाकर्षणपत्रमा उल्लेख छ ।
१० दिन भित्र शैक्षिक क्षेत्रका समस्याहरु संवोधन गर्न शिक्षा मन्त्रालयललाई अल्टिमेट दिदै अध्यक्ष सिंहले आईतवार शिक्षा मन्त्रालयलाई एक ध्यानाकर्षणपत्र बुझाएका छन् ।
भदौ २६ को मितिले १० दिन भित्र शैक्षिक क्षेत्रका समस्याको संवोधन र समाधान नभए कडा संघर्षको विकल्प नरहने घोषणा गरेको अखिल क्रान्तीकारीले शिक्षा मन्त्रालयलाई वुझाइएको ध्यानाकर्षणपत्रमा २०७२ चैत्र ३० को चारवुदे र २०७३ साउन १७ गतेको १७ वुदे मागवारे मन्त्रालय उदासिन रहेको ठहर गरेको छ ।
मन्त्रालय र सरोकारवालाहरुको लापरवाहीका कारण आफुहरु यस अघि दुई दिने शैक्षिक हड्तालसम्म पुगेको र फेरि पनि सुनुवाई नभए त्यसबाट उत्पन्न गंभिर परिणामको जिम्मेवार सरकार हुनुपर्ने अखिलक्रान्तीकारीको तर्क छ । उक्त संगठनले चर्को शुल्क वृद्धि, प्राविधिक शिक्षामा परिक्षाको नतिजा देखि इन्ट्रान्स हुँदै भर्ना प्रकृयासम्मका गलत चलखेलहरु, छात्रवृत्ति,तोकिएका भौतिकपूर्वाधार, गुणस्तरिय र सुलभ शिक्षाको आवाज उठाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्