
काठमाडौँ – कसैले तपाईंको फेसबुक वालमा भिडियो लिंक सेयर गरेको छ ? यदी छ भने के होला भनेर त्यसलाई क्लिक नगर्नुहोला । साथीलाई गाली पनि नगर्नुहोला । यो फेसबुकमा भेटिएको नयाँ भाइरस हो, जसलाई ह्याकरहरुले विशेषगरी नेपाली प्रयोगकर्ताहरुको फेसबुकमा पठाईदिएका छन् ।
यसबाट जोगिन आफ्नो टाइमलाइनलाइ केहि समयका लागि अफ गर्ने र पासवर्ड परिवर्तन गर्नुपर्ने प्रविधिविज्ञहरुको सुझाव छ । हिजो बेलुकादेखि नेपाली प्रयोगकर्ताको फेसबुकमा यस्तो भाइरस पसेक हो । ‘यो ह्याकरहरुको काम हो । र यसले नेपाली प्रयोगकर्ताहरुलाई टार्गेटमा राखेको छ । सुरुमा आफ्नो टाइमलाइन अफ गर्नुहोस् । पासवर्ड परिवर्तन गर्नुहोस् । अरु साथीहरुलाई यसबारे खबर गर्नुहोस् ।’ प्रविधिका जानकार सुरेश केसीले अर्थ सरोकार डटकमसँग भने ।
बिगतमा यस्ता केहि भाइरसले नेपाली प्रयोगकर्तालाइ दुख दिएको थियो । केहि महिना अघि आफैं अश्लील तस्विर पोष्ट हुने, ट्याग हुने जस्ता समस्या देखिएका थिए । यसबारे फेसबुकमा सेमत थुप्रै रिपोर्ट परिसकेको हुनाले छिट्टै नै यो समस्या समाधान हुने प्रविधिका जानकारहरु बताउँछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्