
काठमाडौं – सरकारले कामचोर र नेता कर्मचारीलाई बर्खास्त गर्न सक्ने कार्यविधि ल्याउन तयारी गरेको छ । राज्यकोषबाट तलव खाने तर काम राजनीतिक पार्टीको गर्ने, सेवाग्राहीबाट आर्थिक लाभ लिन खोज्ने र कामचोर कर्मचारीलाई तत्काल बर्खास्त गर्न सक्ने कार्यविधि ल्याउने तयारी गरेको छ ।
हाल बिद्यमान कार्यविधि दोषी कर्मचारीलाई कारवाही गर्न नसकिने प्रकृतिको भएको भन्दै सरकारले त्यसलाई संशोधन गरी छोटो कार्यविधि ल्याउने तयारी गरेको हो । सरकारी निकायमा सेवाग्राहीले छरितो सेवा पाउन नसकेको, तोकिएको जिम्मेवारी पुरा नगरेको, कार्यक्षेत्रमा नगएको, सरकारी भन्दा राजनीतिक पार्टीको काममा बढि क्रियासिल भएको गुनासो बढेपछि सरकारले कर्मचारी कस्न यस्तो कार्यविधी ल्याउने तयारी गरेको हो ।
आइतबार मुख्य सचिव सोमलाल सुवेदीको अध्यक्षतामा बसेको सचिवस्तरिय बैठकले तीन दिनभित्र कार्ययोजना ल्याउन सवै मन्त्रालयलाई निर्देशन दिएको छ । कामचोर र नेता कर्मचारीलाई बर्खास्त गर्न सक्ने कार्यविधि ल्याउन सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी दिइएको छ, प्रधानमन्त्री कार्यालयका सचिव चन्द्र घिमिरेले बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काम नगर्ने सरकारी कर्मचारीलाई छिटो र छोटो बाटोबाट तत्काल विदा दिने ब्यवस्थापिका संसदमा बताएका थिए । प्रधानमन्त्रीको प्रतिबद्धता कार्यान्वयन गर्न मुख्य सविचले तीनदिन भित्र कार्यविधि ल्याउन सवै मन्त्रालयका सचिवहरुलाई आग्रह गरेका छन् ।
- एस काठमाडौँ
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्