Skip to content
LAXMI SUNRISE BANK

३२ मिनेट आकाशमा उडेपछि नेपाल बायुसेवा निगमको जहाजमा समस्या, दिल्ली विमानस्थलमा आकस्मिक अवतरण

अर्थ सरोकार

काठमाडौं – १ सय ६० यात्रु बोकेर दिल्लीबाट काठमाडौं उडेको नेपाल बायुसेवा निगमको जहाजमा खरावी आएपछि आकस्मिक दिल्ली विमानस्थलमै अवतरण गरिए छ । नेपाल बायुुसेवा निगमको २१८ विमानमा खरावी आएको थियो । राति ८ बजे उडेको विमानमा खरावी आएको थियो ।

 विमान उडेको ३२ मिनेटपछि समस्या देखिएको थियो । समस्या देखिनसाथ पाइलट दलले इन्दिरा गान्धी अन्तराष्टिय विमानस्थललाई जानकारी गराएको थियो । त्यसपछि आकस्मिक अवरतण गरएको थियो । विमानको पखेटा नखुलेपछि विमानको अवतरण गरिएको थियो भने अवतरणका क्रममा विमानको टायर पनि पड्किएको थियो । तर चालक दलका सदस्य र यात्रुहरु भने सवै सकुशल छन् । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK