
माओवादी केन्द्रका पोलिटब्युरो सदस्य पुन्य गौतमलगायत दर्जनौं नेता कार्यकर्ता नेकपा मालेमा प्रवेश गरेपछि प्रचण्डको पार्टीमा फेरि अर्काे पहिरो गएको छ । शनिबार राजधानीमा गौतमसहित दर्जन बढी कार्यकर्ता सीपी मैनालीले नेतृत्व गरेको मालेमा प्रवेश गरेका हुन् ।
प्रचण्डले नेतृत्व गरेको माओवादी केन्द्र साम्राज्यवादी र विस्तारवादीहरूको अखडा केन्द्र बनेको भन्दै माओवादी केन्द्रका युवा नेता गौतमसहित दर्जनौं नेता कार्यकर्ता मालेमा प्रवेश हुन् ।
केही सययअघि प्रचण्ड नेतृत्वको माओवादीमा मणि थापाको नेतृत्वमा रहेको माओवादीबाट एकता गएका पुन्य गौतम जनयुद्धकालमा सहभागी भएका कार्यकर्ता हुन् ।
शान्तिप्रक्रियामा आइसकेपछि गौतमले मणि थापाको नेतृत्वमा रहेको माओवादीमा लामो समय रहेर काम गरेका थिए । ०५० सालदेखि राजनीतिमा लागेका गौतम एक अध्ययनशील युवा नेताका रूपमा चिनिन्छन् ।
- एस काठमाडौं
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्