
काठमाडौं । सातौ अनशन पुरा गरेका त्रिभुवन शिक्षण अस्पतालका डा. गोविन्द केसीले संविधान जारी भएकै दिन ३ असोजमा आठौ अनशन थाल्ने चेतावनी दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगतमा भएका सम्झौता कार्यान्वयन भन्दा पनि भुलाउने काम गरेको भन्दै उनले संविधान जारी भएकै दिनदेखि अनशन सुरु गर्ने चेतावनी दिएका हुन् ।
प्रचण्डजीले काम भन्दा आश्वासन धेरै दिन थाल्नु भएको छ, आश्वासनबाट हुँदैन, सहमति कार्यान्वयन नभए संविधान जारी भएकै दिनदेखि फेरी अनशन थाल्छु, केसीले भने । केसीले आफु अनशन बस्दा गरेका सम्झौता कार्यान्वयनमा प्रधानमन्त्री दाहालले प्रतिबद्धता जनाएको तर कार्यान्वयन नगरेको आरोप लगाएका छन् ।
केसीले आफ्ना माग पुरा गर्न प्रचण्ड र केसीका पक्षमा सडकदेखि सदनसम्म विगतमा आवाज उठाउने स्वास्थ्यमन्त्री गगन थापालाई एक साताको अल्टिमेटम दिएका छन् । पुराना सम्झौता कार्यान्वयन नभए प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई लक्षित गरी अनशन बस्ने बताएका छन् ।
उनले अब फेरी सम्झौतामा आफ्नो अनशन नतोड्ने बताएका छन् । जवसम्म सम्झौता कार्यान्वयन हुँदैनन् तबसम्म आफु अनशनमा बस्ने उनले बताएका छन् ।
- एस काठमाडौं
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्