काठमाडौँ – भारतीय तान्त्रिक कानु पहरी तन्त्रमन्त्र गर्दैछन् । हवनकुण्ड वरिपरि सात जना गोलो घेरा गरी बसिरहेका छन् । १६ वर्षे युवतीलाई नजिकै राखेर अनौठो पूजा चलिरहेको छ ।
काठमाण्डुबाट एक लाख रुपैयाँ बोकेर हड्डी किन्न गए पनि पैसा चोरिएपछि उनी रित्तै फर्के । तन्त्रमन्त्रले चमत्कार हुने अन्धविश्वासमा भौंतारिइरहेका शाह काठमाडौँ मनमैजुमा बस्दै आएको भारतीय तान्त्रिक कानु पहरीको सम्पर्कमा पुगे ।
काठमाडौँ – दिनहुँ पूजा चलिरहेको थियो, हड्डी जागेको दिन युवतीलाई बलि दिने तयारी रहेछ । हड्डी भने जागेको थिएन । एक दिन तान्त्रिकले बेहोसीमा युवतीलाई ‘तिमीहरु दुवै जनालाई बलि दिन लागेको’ भनेर सुनाएछ ।
त्यसपछि भने युवती र उनका दाइ डरले खग्रास भए । ज्यान जोखिममा देखेपछि जसरी पनि भाग्ने जुक्ति खोज्न थाले । त्यत्तिकैमा युवती रजस्वाला भइन् । केही दिनका लागि पूजा रोकियो । तान्त्रिकले क्षमापूजा गरेर बोको बलि दिने योजना बनायो ।
कथित् पूजाघरबाट भागे पनि भाइबहिनीलाई उक्त समूहले धम्क्याउन छाडेन । कहिले भगवान र पापको कथा सुनाउने, कहिले हत्या गरिदिने भन्दै धम्क्याउन नछाडेको पीडित युवतीले बयानमा खुलाएकी छन् । ‘सुरुमा म आफैं अचम्ममा परेँ, यस्तो पनि हुन सक्छ भन्दै सोचेँ तर पछि घटनास्थल छापा मार्दा सत्यजस्तै भेटियो,’ प्रधानले सुनाए ।
मन्त्र पढ्दै तान्त्रिक ‘मानव हड्डी’ का टुक्रामा केही छर्कंदै छन् । उनी बेलाबेला युवतीलाई हवन गर्न लगाउँछन् । सबै ‘हड्डी जाग्छ कि’ भनेर आशापूर्वक हवनतिर हेरिरहेका छन् । हड्डी जागेपछि चमत्कार हुने आसमा त्यहाँ एक जोडी मानव बलि दिइँदै छ १ पहरी लगातार मन्त्र पढ्दै, हवन गर्दै युवतीतिर केही छर्किरहेका छन् ।
यसरी १८ दिनसम्म राजधानीकै स्वयम्भू, सानोभ¥याङस्थिात घरको अध्ँयारो कोठामा बन्धक बनाइएकी धादिङकी ती युवती धन्य भाग्न सफल भइन्, बेहोसीमा तिनै तान्त्रिकले यो रहस्य खोल्दा । घटनामा संलग्न सबै पक्राउ परेपछि बल्ल घटना सार्वजनिक भयो– एक्काइसौँ शताब्दीमा पनि राजधानीमै सोच्नै नसकिने मानव बलिको अकल्पनीय घटना निम्त्याइँदै थियो ।
घटना गत वर्ष साउनको हो । ‘युवती रजस्वला भएकीले बलि केही दिन रोकेछन्, अब क्षमापूजा गर्ने र बोको चढाउने सल्लाह भएकै दिन युवती भागेर ज्यान जोगाउन सफल भइन्,’ घटनाका अनुसन्धान अधिकारीमध्ये प्रहरी निरीक्षक रुगम कुँवरले घटनाबारे सुनाए ।
उनका अनुसार गत साउन १४ गतेदेखि ३२ गतेसम्म ती युवतीलाई आरोपीले बलि दिनकै लागि भनेर बन्धक बनाएका थिए । युवतीको जाहेरी र पक्राउ आरोपीको बयानका आधारमा प्रहरी यो निष्कर्षमा पुगेको हो ।
‘युवतीले जाहेरी दिएपछि खोजी सुरु ग¥यौं,’ कुँवरले भने, ‘भनेकै ठाउँ र कोठामा मानव खप्पर, हाडखोर, ठूलो खुकुरी र कालीको मूर्ति बरामद भयो, एउटा अँध्यारो कोठा पूजामा प्रयोग भएको रहेछ ।’ उनका अनुसार पीडित युवतीलाई उनकै कान्छा बुबाका छोराले फकाएर तान्त्रिककहाँ ल्याएका थिए ।
यस्तो थियो घटना
ओमकार शाह व्यापार व्यवसायमा भन्दा काम नगरी मनग्य कमाउने ध्याउन्नमा रहन्थे । अन्धविश्वासका पछाडि दगुर्थे । तन्त्रमन्त्र साधना गर्न सके चमत्कार हुने विश्वास थियो उनमा । उनी त्यसका लागि २०७० चैतमै मानव हड्डी खरिद गर्न दाङ पुगेको प्रहरीलाई बयान दिएका छन् ।
काठमाण्डुबाट एक लाख रुपैयाँ बोकेर हड्डी किन्न गए पनि पैसा चोरिएपछि उनी रित्तै फर्के । तन्त्रमन्त्रले चमत्कार हुने अन्धविश्वासमा भौंतारिइरहेका शाह काठमाडौँ मनमैजुमा बस्दै आएको भारतीय तान्त्रिक कानु पहरीको सम्पर्कमा पुगे ।
पहरीले मानव बलि दिने व्यवस्था गरे चमत्कार हुने सुनाएपछि शाह त्यसको तयारीमा जुटे । शाहले काठमाण्डुमा पढ्न बसेका आफ्नै हाडानाताभित्रका दाजुबहिनीलाई पूजामा बस्न फकाए । दुवै जना तयार भए । पूजा गर्ने ठाउँ भीमबहादुर भुजेलले खोजे । यामबहादुर रोका र छत्रबहादुर राईले सबै प्रबन्ध र पूजा खर्चमा सहयोग गर्ने निधो भयो । उदिम पुनमगर र भीमबहादुर थापा पनि सहयोगी निस्किए ।
‘पूजामा पीडितलाई दिनहुँ सहभागी गराउने गरेका थिए,’ तत्कालीन धादिङ प्रहरी प्रमुख डिएसपी सविन प्रधानले सुनाए । उनका अनुसार युवतीलाई पूजा अवधिभर तान्त्रिक पहरीसँगै एउटा कोठामा राखिएको थियो ।

काठमाडौँ – दिनहुँ पूजा चलिरहेको थियो, हड्डी जागेको दिन युवतीलाई बलि दिने तयारी रहेछ । हड्डी भने जागेको थिएन । एक दिन तान्त्रिकले बेहोसीमा युवतीलाई ‘तिमीहरु दुवै जनालाई बलि दिन लागेको’ भनेर सुनाएछ ।
त्यसपछि भने युवती र उनका दाइ डरले खग्रास भए । ज्यान जोखिममा देखेपछि जसरी पनि भाग्ने जुक्ति खोज्न थाले । त्यत्तिकैमा युवती रजस्वाला भइन् । केही दिनका लागि पूजा रोकियो । तान्त्रिकले क्षमापूजा गरेर बोको बलि दिने योजना बनायो ।
त्यही मौका छोपेर युवती दाइलाई लिएर भागिन् । केही दिन काठमाण्डुमै लुकेर बसिन्, पछि धादिङ घर गइन् र प्रहरीमा जाहेरी दिइन् । ‘प्रारम्भिक बयानमा पीडितले एउटै कोठामा राख्ने, दिनहुँ पूजा गर्ने र पछि धम्की दिएर बाध्य बनाएर राखेको बताएका थिए,’ प्रधानले भने, ‘तान्त्रिकले तिमीहरुलाई बलि दिन यहाँ राखेको भनेपछि डराएर भाग्ने दाउ खोजेछन् ।’
कथित् पूजाघरबाट भागे पनि भाइबहिनीलाई उक्त समूहले धम्क्याउन छाडेन । कहिले भगवान र पापको कथा सुनाउने, कहिले हत्या गरिदिने भन्दै धम्क्याउन नछाडेको पीडित युवतीले बयानमा खुलाएकी छन् । ‘सुरुमा म आफैं अचम्ममा परेँ, यस्तो पनि हुन सक्छ भन्दै सोचेँ तर पछि घटनास्थल छापा मार्दा सत्यजस्तै भेटियो,’ प्रधानले सुनाए ।
युवतीले आफूलाई बन्धक बनाएको र ज्यान जोखिममा राखेको भन्दै तान्त्रिक र सहयोगी समूहविरुद्ध धादिङ प्रहरीमा जाहेरी दिएपछि थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) सक्रिय भएको थियो ।
- नागरिक दैनिक
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्