
काठमाडौँ – संघीय गठबन्धनका संयोजकसमेत रहेका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले शुक्रबार प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरे ।
यादव र ठाकुर कसैले पनि प्रधानमन्त्री प्रचण्डसँगको भेटबारे गठबन्धमा आवद्ध दललाई जानकारी नदिएका हुन् । थरुहट–तराई पार्टीका अध्यक्ष भानुराम थारुले प्रधानमन्त्री प्रचण्ड र गठबन्धनका नेताबीच एको भेटवार्ताबारे आफूलाई जानकारी नभएको बताए ।
थारु मात्र होइन, मधेसी मोर्चासहितको गठबन्धमा आवद्ध साना दलले नेतृत्वले गठबन्धनलाई पार्टीका रुपमा चलाउन खोजेको आरोप लगाएका छन् ।
गठबन्धनका ठूला दललका नेताले यस्ता राजनीतिक भेटवार्तालाई गुपचुप राखेपछि साना दललमा असन्तुष्टि देखिएको छ ।
कारोबार दैनिक
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्