
काठमाडौं । बैंक सिइओ आकर्षक पद हो । तलब भत्ता र सुविधाका हिसाबले हेर्ने हो भने बैंकको सिइओ सरकारी हाकिमहरुको भन्दा कैयौं गुणा आकर्षक मानिन्छ । यस्तो आकर्षक पदका लागि जागिर छोड्नु पर्दा कसलाई पो चित्त बुझ्छ र ? यस्तै छटपटिमा चिन्तित भएका छन् माछापुच्छ्रे बैंकका तुल्सीराम गौतम । उनको पदावधि असोज १० गते सकिदैछ ।
माछापुच्छ्रे बैंकमा प्रवेश गर्दा निकै तामझाम र हर्षोउल्लासका साथ प्रवेश गरेका गौतमले बैंकलाई उच्च स्थानमा ल्याउन नसकेपछि फेरि बैंकलाई अग्रस्थानमा पु¥याउन समय अवधि थपि पाऊ भनि विभिन्न शक्ति केन्द्र धाइरहेका छन् । माछापुच्छ्रे प्रवेशसँगै कारोबार दैनिक लगायतका पत्रपत्रिकामा अन्तर्वार्ता दिदै आफ्नो कार्यकालमा बैंकलाई पाचौं स्थानमा पु¥याउँछु भनेका गौतमले खासै उल्लेख्निय प्रगति नगरेपछि बैंक संचालकहरु उनीमाथि आक्रोर्षित भएका छन् ।
पाचौं स्थानमा पु¥याउँछु भनेका गौतमले बैंकको स्थान २२ औं स्थानमा हुँदा विभिन्न तारे होटेलमा जाँडपानी मै दिन कटाउँदै आएका छन् । त्यसो त सनराइज बैंक २१ औं स्थानमा छ । माछापुच्छ्रे बैंकको प्रगति त कता कता उनको प्रवेश सँगै प्रगतिको लक्षण नदेखेपछि सहायक महाप्रबन्धकद्वय (एजिएम) अपच यादव, उमेशसिंह भण्डारीले जागिरै छोडेर बाहिरिएको त्यहीका कार्यरत एक वरिष्ठ कर्मचारीले बताए।
उता, गौतमको अब पनि म्याद थप्ने हो भने बैंक थप थलिने छ भन्दै संचालकहरु बीच नै मनमुटाव सुरु भएको हो । बैंक संचालकमा हर्ताकर्ता मानिएका अध्यक्ष विरेन्द्र प्रसाद महतो, संचालक प्रकाश केसी, रोशन केसी बीच समेत भनाभन सुरु भएको छ ।
बैंकमा संचालकहरु पनि दुई गुटमा विभाजित भएका छन् । एउटा गुटको नेतृत्व महतोले गरेका छन भने अर्को गुटको केसीद्धयले गरेका छन् । गौतमलाई हटाउन सहमत भइसकेका महतो एकाएक गौतमको पक्षमा देखिन थालेपछि केसी समूह आक्रोसमा उत्रिएको हो । चाकडी गर्न माहिर मानिने गौतमले एकाएक राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपाल मार्फत महतोका दाजु उपेन्द्र महतो मार्फत फोन गराएपछि माछापुच्छ्रे बैंकमा उत्पात मच्चिएको हो । केही महिना अगाडि पोखरामा भएको बोर्ड बैठकमा अध्यक्ष महतो र सिइओ गौतमबीच भनाभन नै भएको थियो ।
सिइओ गौतमले महतोलाई पोखरा विमानस्थलमा लिन थोत्रो गाडी पठाएपछि दुई जनाको सम्बन्ध थप चस्सिदै आएको थियो । यस्तो थोत्रो गाडी किन पठाएको भनेर महतोले गौतमलाई प्रश्न गर्दा गौतम रन्किदै तपाईलाई नयाँ सफा गाडी पठाउने गाडी पुछ्ने काम मेरो हो र ?भने पछि त बैंकका कर्मचारीहरु अक न बक भएका थिए । त्यति बेला देखि बाङ्गिएको सम्बन्ध अहिले शक्ति केन्द्रले मिलाई दिएपछि ९ संचालकहरु बीच तिक्तता पैदा भएको छ । त्यसो त, यति बेला गौतमको सुराकी बनेर बैंकको बिज्ञापन बाड्ने जिम्मा लिएका सन्तोष कोइराला पनि कसरी उनलाई समय थपिन्छ होला भनेर चिन्तित भएकबा छन् ।
- न्यूज अभियान
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्