×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नरम नेम्वाङको प्रचण्डलाई कडा जवाफ, संविधान र स्थापित मान्यता विपरीत नचल्न सुझाव

LAXMI SUNRISE BANK

नरम नेम्वाङको प्रचण्डलाई कडा जवाफ, संविधान र स्थापित मान्यता विपरीत नचल्न सुझाव

२४ भाद्र २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौँ – नेकपा (एमाले) संसदीय दलका उपनेता सुभाष नेम्वाङले प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार संसद्मा गरेको सम्बोधन संविधान र स्थापित मान्यता विपरित रहेको आरोप लगाएका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नरम स्वाभावका नेम्वाङले नीति तथा कार्यक्रमको झल्को दिने गरी नयाँ कार्यक्रम ल्याउनु गलत भएको टिप्पणी गरे ।
नेता नेम्वाङले यदि प्रधानमन्त्रीले नीति तथा कार्यक्रम ल्याएको हो भन्ने त्यसलाई प्रष्ट पार्नुपर्ने उल्लेख गर्दै यसअघि आफै सहभागी भएको सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट पारित भइसकेको अवस्थामा नयाँ कार्यक्रम ल्याउनु विधिसम्मत नभएकाले यसको जवाफ सरकारले दिनुपर्ने धारणा व्यक्त गरे ।
पत्रकारको जिज्ञासामा नेता नेम्वाङले मधेसी मोर्चाले उठाएको मागलाई सम्बोधन गर्ने कार्य देश र जनताको हित विपरीत देखिएकाले संविधान संशोधन आपूmहरुलाई मान्य नहुने स्पष्ट पारे ।
उनले संविधान संशोधनको सम्बन्धमा सरकारले आपूmहरुसँग कुनै छलफल नगरेको जानकारी गराए ।

स्थानीय तहको निर्वाचनको सम्बन्धमा उनले संविधानअनुसार बनेको स्थानीय निकाय पुनःसंरचना आयोगले दिएको खाकाअनुसार नै स्थानीय तहको निर्वाचन गराउनुपर्ने धारणा व्यक्त पनि गरे ।
  • पहिलो न्युज 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी