- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको २२ लाख ६२ हजार ८९४.५ कित्ता संस्थापक सेयर रुपान्तरण भएको हो । कम्पनीको उक्त सेयर सर्वसाधारण सेयरमा रुपान्तरण भएको हो । रुपान्तरणपछि अब संस्थापक समूहको हिस्सा ६०% र सर्वसाधारण समूहको ४०% कायम भएको छ ।
कम्पनीको गत माघ ५ गते सम्पन्न साधारणसभाले सेयर संरचना परिमार्जन गर्ने प्रस्ताव पारित गरेको थियो । हाल यसको चुक्ता पुँजी २ अर्ब २६ करोड रुपैयाँ रहेको छ ।