
काठमाडौँ – नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक मुकेशराज काफ्लेले पदबाट राजीनामा दिएका छन् ।शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर काफ्लेले राजीनामा बुझाएका हुन् ।
राजनीतिक दबाबका कारण काफ्लेले शुक्रवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर कार्यकारी निर्देशक पदबाट राजीनामा दिएको पत्र बुझाएका हुन् । काफ्लेको कार्यकाल आउँदो मंसिर १७ मा सकिँदै थियो ।
खुला प्रतिष्पर्धाबाट प्राधिकरणको प्रमुख कार्यकारी निर्देशक बनेका काफ्लेलाई यसअघि गत आइतबार ऊर्जा मन्त्री जनार्दन शर्माले मन्त्रालयमा बोलाएर राजीनामा गर्न भनेका थिए । मन्त्री शर्मालाई आफू खुल्ला प्रतिस्पर्धाबाट आएको भन्दै काफ्लेले राजीनामा नदिने बताएका थिए ।
काफ्ले सुशील कोइराला नेतृत्वको सरकार भएको बेला विद्युत प्राधिकरणको प्रमुख कार्यकारी निर्देशक पदमा नियुक्त भएका थिए । उनीे नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिसमेत रहेका थिए् ।
- नेपाल आज
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्