
काठमाडौँ – नेकपा माओवादी केन्द्रले संसदीय समितिमा रहेका विभिन्न सदस्यको जिम्मेवारी हेरफेर गरेको छ । यसअघि संसदीय समितिका विभिन्न पदमा रहेका व्यक्ति मन्त्री भएपछि माओवादी केन्द्रले खाली रहेका ती स्थानमा जिम्मेवारी हेरफेर गरेको हो । माओवादी केन्द्रको संसदीय दलले प्रमुख सचेतकमा सांसद टेकबहादुर बस्नेतलाई चयन गरेको छ ।
सिंहदरबारस्थित (माओवादी केन्द्र)को संसदीय दलको बैठकले पार्टीको संसदीय दलको काम कारबाहीलाई प्रभावकारी बनाउने लक्ष्यसहित नेता बस्नेतलाई दलको प्रमुख सचेतकमा चयन गरेको हो । यसअघिका प्रमुख सचेतक हितराज पाण्डे सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रीमा चयन हुनुभएपछि माओवादी केन्द्रको प्रमुख सचेतकको पद खाली रहेको थियो ।
प्रधानमन्त्री तथा दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सम्पन्न बैठकले संसदीय बोर्डसमेत गठन गरेको छ ।
बोर्डमा संसदीय दलका नेतामा अध्यक्ष दाहाल, उपनेता टोपबहादुर रायमाझी, सचेतक सीता नेपाली, तथा सांसदहरु गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, अग्निप्रसाद सापकोटा, शक्ति बस्नेत, प्रभु साह, गणेशमान पुन, रेखा शर्मा, रामनारायण बिडारी, सन्तु दराई, शिवकुमार मण्डल सदस्य रहेका छन् ।
बैठकले संसदीय बोर्डको कार्यविभाजनसमेत गरेको छ । बैठकले सांसद बिडारीलाई बोर्ड सचिवको जिम्मेवारी दिएको छ । त्यसैगरी सांसद अग्निप्रसाद सापकोटालाई संसदीय सुनुवाइ समितिमा पठाउने निर्णय गरेको छ ।
यस्तै १ नं प्रदेश संयोजकमा शिवकुमार मण्डल, २ मा रामसिंह यादव, ३ मा सन्तु दराई, ४ मा कृष्ण धिताल, ५ मा डोरप्रसाद उपाध्याय, ६ मा महेन्द्रबहादुर शाही र ७ मा हरिलाल ज्ञवालीलाई चयन गरेको छ ।
बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा दलका नेता दाहालले स्थानीय, प्रादेशिक र सङ्घीय निर्वाचनसम्म वर्तमान गठबन्धन कायम रहने जानकारी गराउँदै दलको भूमिका प्रभावकारी बनाउन सांसदहरुलाई निर्देशन दिए।
प्रधानमन्त्रीले भने–“तीनवटै निर्वाचन सम्पन्न गरिन्जेलसम्म हामी सरकारमा हुन्छौँ । त्यसैले दलको कामलाई प्रभावकारी बनाएर जानुपर्छ ।”
प्रधानमन्त्रीले सरकारले दलीय ध्रुवीकरण घटाएको जानकारी दिँदै भने – “देश डरलाग्दो ध्रुवीकरणमा जाने खतरा थियो । सरकारले आन्तरिक राष्ट्रिय सम्बोधन गरेर बलियो राष्ट्रिय एकताको आधार तयार पारेको छ ।”
प्रधानमन्त्रीले आफ्नो भारत भ्रमण कूटनीतिक सन्तुलन र सम्बन्धमा केन्द्रित हुने जानकारी गराउँदै दुई छिमेकी देशबाट उच्चस्तरीय भ्रमण हुने तयारी भइरहेको संसदीय दललाई जानकारी गराएका थिए ।
- दियो पोष्ट
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्