
काठमाडौँ – चितवन- पृथ्वी राजमार्गअन्तर्गत दारेचोक गाविस–३ घोप्टेभिरबाट आज बिहान त्रिशूली नदीमा ट्रक खसेर बेपत्ता भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भिरमा ट्रकको नम्बर प्लेट र चाउचाउ, बिस्कुटका प्याकेट भेटिएको छ । तर ट्रक भने नदीमा बेपत्ता भएको छ ।
मुग्लिन हुँदै काठमाडौँतर्फ जाँदै गरेको ना३ख ६०१७ नंको ट्रक बिहान १०ः४५ बजे नदीमा खसेको प्रहरीले जनाएको छ । एक सय ५० मिटर तल नदीमा ट्रक खसेको हो ।
ट्रकमा कति मानिस थिए जानकारी हुन सकेको छैन । खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले बताए।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्