×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारलार्इ एमालेको प्रश्नः नीति तथा कार्यक्रम आएकै हो त ?

LAXMI SUNRISE BANK

सरकारलार्इ एमालेको प्रश्नः नीति तथा कार्यक्रम आएकै हो त ?

२४ भाद्र २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीको सम्बोधनले गम्भीर संवैधानिक प्रश्न खडा गरेको भन्दै संसदमा प्रश्न उठाउने भएको छ ।प्रधानमन्त्री प्रचण्डले विहीबार संसदलाई गरेको सम्बोधनमा सरकारको नीति तथा कार्यक्रम नै प्रस्तुत गरेकाले यसअघि संसदले पारित गरेको नीति तथा कार्यक्रम एवं बजेटको कार्यन्वयनमा गम्भीर प्रश्न खडा भएको एमालेले प्रतिक्रिया दिएको छ ।
प्रधानमन्त्रीको सम्बोधनलगत्तै संचारकर्मीसंग कुरा गर्दै एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले अब सरकारमाथि प्रश्न उठ्ने र जनतालाई जवाफ दिनुपर्ने बताए । पूर्वसभामुखसमेत रहेका नेम्वाङले भने- ‘प्रधानमन्त्रीले प्रस्तुत गरेका कार्यक्रमहरुका बारेमा कुनै टिप्पणी छैन, तर उहाँले यसअघि राष्ट्रपतिमार्फत आएको नीति कार्यक्रम लागु गर्नुहुन्छ कि आफ्नो कार्यक्रम ? यो प्रश्न त उठ्यो ।’
पूर्वसभामुख नेम्वाङले संविधानअनुसार सरकारको नीति तथा कार्यक्रम संसदले पारित गरिसकेको र सोहीअनुसार बजेटसमेत पारित भइसकेको अवस्थामा प्रधानमन्त्रीले अर्को नीति तथा कार्यक्रम ल्याएको आरोप लगाए ।नेम्वाङले भने- उहाँले सिंगो नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । यो सरकारको नीति तथा कार्यक्रम हो भने यसलाई बोक्ने बजेट कसरी ल्याउनुहुन्छ ? यसअघि संविधानअनुसार संसदबाट पारित भएको नीति कार्यक्रम र बजेट के गर्नुहुन्छ ? आजको भाषणले धेरै प्रश्न उठाएको छ । यसको उत्तर नदिई अघि बढ्न सकिन्न ।
प्रधानमन्त्रीले भारत भ्रमणका बारेमा जानकारी गराउने भनेर संसदमा ‘नीति तथा कार्यक्रम’ सुनाएको भन्दै एमालेले प्रमुख विपक्षलाई झुक्याइएको टिप्पणी समेत गरेको छ । नेम्वाङले भने- ‘आज प्रधानमन्त्रीज्यूले समय लिएर भारत भ्रमण हुन लागेको बारे बोल्ने जानकारी दिइयो, सोहीअनुसार प्रमुख विपक्षी दलका नेतासहित हामी सुन्न बस्यौं, तर उहाँबाट सिंगै नयाँ नीति कार्यक्रम पो आयो ।’
  • एसियन समाचार
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी