×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यता प्रचण्डको संम्वोधन,उता पारस शाहको जयजयकार

LAXMI SUNRISE BANK

यता प्रचण्डको संम्वोधन,उता पारस शाहको जयजयकार

२४ भाद्र २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौँ – संयोग नै मान्नुपर्ला,प्रधानमन्त्री निर्वाचित भएको महिना दिन पछाडि प्रधानमन्त्री प्रचण्ड देशबासीको नाममा सम्बोधन गर्दै थिए । ठीक उही समयमा पवित्र धार्मिक तिर्थस्थल दक्षिणकालीमा भने अरु समयको भन्दा नितान्त फरक दृश्य देखिदैथियो ।

ललितपूरको सुनाकोठी देखि दक्षिणकाली मन्दिर परिसरसम्म मोटरसाइकलको र्याली थियो । त्यहाँ कसैको जयजयकार गर्दै थिए यूवाहरुको जमात । यता प्रधानमन्त्री प्रचण्डले देशबासीको नाममा सम्बोधन गर्दै गर्दा उता पूर्वयुवराज पारस विर विक्रम शाहको जयजयकार भइरहेको थियो ।
पूर्वयुवराज शाह दक्षिणकाली जाँदै गर्दा उनका शुभचिन्तकले बाइक र्‍याली गरेका थिए । शुभचिन्तकहरुले ‘पारस सरकार जिन्दावाद’, ‘पूर्वराजधिराज सरकारको जय होस्’ ‘राजा आउ देश बजाउ’ जस्ता नारा लगाएका थिए ।
पारस पछिल्लो समय धार्मिक क्रियाकलापमा व्यस्त छन् । उनी यसअघि सुदुरपश्चिमको खप्तड क्षेत्रको पनि भ्रमण गरेका थिए । करिब ५ वर्षसम्म उनी थाइल्याण्डमा थिए । त्यहाँ उनलाई थाइ प्रहरीले लागुऔषध सहित पक्राउ गरेपछि उनलाई पूर्वराजपरिवारले ठूलो रकम धरौटी दिएर मुक्त गराएको थियो ।
पूर्वयुवराज पारस शाहले ग्रहशान्ति गरेका छन् । बिहीबार अपरान्ह दक्षिणकाली मन्दिरमा उनले ग्रह शान्तिका लागि विशेष पूजा गरेका हुंन् । पूर्वयुवराज पूजाआजाका लागि मन्दिर आएपछि पूजारी भावुक बनेका थिए । पारसलाई हेर्नका लागि मन्दिर परिषरमा घुँइचो लागेको थियो ।
नेपाल फर्केपनि उनी परिवारका साथमा बस्दैनन् । ललितपुरको सुनाकोटीमा बस्दै आएका छन् । उनी सामान्य जीबनमा फर्कने प्रयासमा रहेको बताइन्छ । नेपाल आएपछि उनको स्वास्थ्यमा सुधार देखिएको र जीबनयापनपनि सामान्य बन्दै गएको निकट स्रोतको दाबी छ ।
  • एस काठमाडौँ 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी