
हाम्रा देशका भिआइपिहरुलाई मर्यादा भनेको के हो कस्ले सिकाइदेला ? मर्यादाक्रम अनुसार देशकै दोश्रो ओहोदाक्रममा रहेका उपराष्ट्रपति नन्दबहादुर पुन पछिल्लो समय विवादमा तानिएका छन । निम्तो पाएको खण्डमा स्कूल/कलेजका कार्यक्रम उद्घाटन गर्दै हिड्ने पुनलाई आर्मी अफिर्सस क्लवमा निम्तायो चौधरी समूहले ।विश्वकै अर्वपतिको सूचीमा दरिएका चौधरी गु्रपको निम्तो पाएपछाडि उपराष्ट्रपति पुन सुरक्षाकर्मीको लावा लस्कर लगाएर कार्यक्रमस्थलमा पुग्ने नै भए ।
तर कार्यक्रममा ‘बासी’ भइसकेको अर्थात अगाडि नै बजारमा आइसकेको पुस्तक पुन उपराष्ट्रपतिको हातबाट बिमोचन गराइयो । त्यो पनि साधरण मर्यादाक्रम समेत उल्लघन गर्दै । भारतीय राजदुतहरुकै लस्करमा राखेर पुनले पनि उक्त पुस्तकको बिमोचनमा सघाए ।
उपराष्ट्रपति भएपछि साझा छबी बनाएका नन्दबहादुर पुन चौधरी ग्रुपले प्रायोजन गरेको कार्यक्रममा मर्यादामा आँच आउने गरी प्रस्तुत भएपछि आलोचित भएका छन् । बुधबार उपराष्ट्रपति पुनकै लहरमा उभिएर भारतीय राजदुत, भारतीय कलाकार र व्यापारीले सँगै कितावको बिमोचन गरेका थिए । देशको दोस्रो बरियतामा रहेको सम्माननीय व्यक्तिलाई सहसचिवस्तरको राजदुत सरह प्रस्तुत गरिएको भन्दै आयोजकको आलोचना भएको छ ।
आयोजकलाई त भारतीय कलाकार र राजदुत भनेपछि उपराष्ट्रपति कोही होइन भनेजस्तो देखियो ।पुस्तक बिमोचन भनिएपनि सत्रुध्न सिंन्हाको बजारमा आइसकेको जीबनी बिमोचन गरिएको थियो । कितावको प्रचार गर्नका लागि स्टेज र उपराष्ट्रपतिको प्रयोग गरिएको प्रष्टै थियो ।
अहिले देशमा सिने अवार्ड बाड्ने लहडै चलेको छ । सरकार मातहतको चलचित्र विकास वोर्ड सहित नीजि क्षेत्रबाट समेत गरी नौ वटा संघर संस्थाले अर्वाड बाड्दै आएका छन । केही सिनेकर्मीहरुसँग पैसा असुल्दै अर्वाड थमाउने धन्दा चलिरहेकै समयमा निर्देशक दिनेश डिसीले समेत चौधरी गु्रपसँगको सहकार्यमा फिल्मी अर्वाड बाड्न थालेका हुन । सोही समारोहमा हो यस्तो लज्जाजनक दृश्य देखा परेको ।


- एस काठमाडौँ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्