
काठमाडौँ – कीर्तिमानी विश्व पर्वतारोही एवं लामो दुरीका धाबक संजय पण्डितले बुधबार प्युठानको बाढी पहिरो प्रभावित क्षेत्र फोप्लिमा ६० घरपरिवारलाइ २० किलोका दरले १२०० केजी चामल वितरण गरेका छन् ।
संजय पण्डित फाउन्डेसन नेपालका अध्यक्ष संजय पण्डित एवं महासचिव सुरेन्द्र पण्डित द्वारा उक्त राहत वितरण गरिएको हो । प्युठान निवासी पण्डितले आफूलाई संसारभर चिनाउन प्युठानले प्रमुख भूमिका खेलेकले प्युठानी जनताको पीडामा केही भएपनि मलहम लगाउन सकेकोमा आफूलाई खुसी लागेको बताए ।
उनले भूकुम्पपीडित जस्तै बाढीपीडितलाई पनि विशेष प्राथमिकता दिएर सहयोग गर्न आग्रह गरेका छन् । भूकम्पपीडितहरुको घर भत्किए पनि अन्य ठाउँमा घर बनाउन सकिने तर बाढी पहिरो पीडितहरुको सबै घर, खेत, बारी नै सखाफ भएकोले सरकारले छिट्टै विशेष योजना बनाइ राहतको व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।
प्युठानमा जन्मिएका पण्डितले प्युठानबाट सगरमाथासहित विश्वका अन्य चर्चित हिमाल आरोहण गर्ने पहिलो नागरिक हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्