
काठमाडौँ – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तत्काल संविधान संशोधन थालिनुपर्ने बताएका छन् ।
बिहीबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यादवले संविधान संशोधनको प्रक्रिया अघि नबढाइ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारत भ्रमणमा नजान चेतावनी दिएका छन् ।
प्रधानमन्त्रीमा निर्वाचित भएपछि प्रचण्डले संविधान संशोधन प्रक्रियालाई तत्काल अघि बढाउने प्रतिबद्धता जनाए अनुरुप संशोधन प्रक्रिया अघि बढाउनुपर्ने यादवको माग रहेको छ । आफ्नो देशमा रहेको विद्यमान समस्या समाधान नगरी भारत जानु ठिक नहुने तर्फ राख्दै यादवले भने, ‘देश समस्यामा चुर्लम्म डुबेको छ । यस्तो अवस्थामा दशेको समस्या समाधान नगरी प्रधानमन्त्री भारत भ्रमणमा जानु उपयुक्त हुँदैन । गएपनि पहिले जनताको समस्या समाधान गरेर मात्र जानुपर्छ ।’
साथै यादवले सरकारले यसअघि मधेसी मोर्चासँग गरेको सम्झौता कार्यान्वयनमा चासो नदेखाएको आरोप लगाउँदै भने, ‘सरकार जे कामका लागि बनेको हो त्यसमा खासै चासो दिएको देखिएन । हाम्रो मागहरुप्रति सरकारले गम्भीरता देखाएन । हामीले सरकारलाई के–का लागि साथ दिएका हौँ भन्ने कुरा सरकारले बुझ्नुपर्छ ।’ यादवले आफ्ना मागहरु तत्काल सम्बोधन नभए सरकारको समर्थनका सम्बन्धमा विचार गर्ने चेतावनी समेत दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्