×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लामो प्रतिक्षापछि एप्पलको ‘आइफोन ७’ लञ्च, १६ सेप्टेम्बरदेखि अमेरिकामा बिक्री सुरु, नेपालमा तिहारसम्म आइपुग्नसक्ने

LAXMI SUNRISE BANK

लामो प्रतिक्षापछि एप्पलको ‘आइफोन ७’ लञ्च, १६ सेप्टेम्बरदेखि अमेरिकामा बिक्री सुरु, नेपालमा तिहारसम्म आइपुग्नसक्ने

२३ भाद्र २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाण्डौ – बुधबार राति एप्पलको मेगा इभेन्ट अन्तर्गत वर्षकै उत्कृष्ट फोनको मेगा लञ्च भएको छ । एप्पलका सीइओ टिम कुकले यो क्रममा ‘आइफोन ७’ को साथमा ‘आइफोन ७ प्लस’ र ‘एप्पल वाच २’ पनि लञ्च गरे । एप्पलको यो मेगा इभेन्ट सन फ्रान्सिस्कोस्थित ग्राहम सिविक अडिटोरियममा भएको थियो । 
‘आइफोन ७’ मा छन्  यी विशेषता
-यो फोनको स्क्रीन ४.७ इञ्चको रहेको छ र हेडफोनको ज्याक छैन । 
-यसमा पहिलाको भन्दा राम्रो क्यामेरा छ र साथमा एक प्रेसर सेन्सेटिभ होम बटन रहेको छ । 
-कुकले मेगा लञ्चको दौरान भनेका छन् कि अमेरिकामा यो फोनको बिक्री १६ सेप्टेम्बरदेखि सुरु हुनेछ । 
‘आइफोन ७ प्लस’मा छन् यी विशेषता
-यो फोनको स्क्रीन ५.५ इञ्चको छ । यसमा डुअल लेन्स क्यामेरा रहेको छ । 
-यसमा समेत कुनै हेडफोन ज्याक छैन र यसमा पनि एक प्रेसर सेन्सेटिभ बटन राखिएको छ । 
‘एप्पल वाच २’ को विशेषता
-यसमा जीपीएस कनेक्टीभिटी रहेको छ । एक फास्टर प्रोसेसर र राम्रो ब्याटी समेत रहेको छ । 
-यो घडीमा जिपिएसको सुविधा समेत रहेको छ । 
-एप्पल वाचमा पोकेमोन गो खेल्ने सुविधा समेत हुनेछ । 
-कुकले भनेका छन् कि एप्पल वाच विश्वको दोेश्रो सबैभन्दा लोकप्रिय ब्राण्ड बन्न सफल भएको छ । 
कार्यक्रमको दौरान के भने कुकले ?
-एप स्टोरबाट अहिलेसम्म १४० अर्ब एप डाउनलोड भइसकेको छ । 
-एप स्टोरले पछिल्लो क्वार्टरमा आफ्नो नजिकको प्रतिस्पर्धीको तुलनामा दुईगुणा बढी आम्दानी गरेको छ । 
-आइफोन र आइप्याड विश्वकै सबैभन्दा धेरै लोकप्रिय गेड डिभाइस हो । 
-एप्पल म्यूजिकको सब्सक्राइभ गर्नेको संख्या अहिलेसम्म १.७ करोड पुगिसकेको छ । 
-आइवर्कबाट शिक्षक र प्रोफेशनलहरुलाई विशेष मद्धत मिल्नेछ । 
एप स्टोरमा  मारियो गेम !
-टिम कुकका अनुसार  एप स्टोरमा ५० हजार भन्दा धेरै गेम्सहरु उपलब्ध छन् । उनले घोषणा गरेका छन् कि चर्चित गेम मारियो पनि अब एप स्टोरमा उपलब्ध हुनेछ । 
-एप स्टोरमा मारियो गेमलाई नयाँ रुपमा प्रस्तुत गरिएको छ । गेमको नाम राखिएको छ-‘सुपर मारियो रन’ । यसको खास मूल्य हुनेछ र यही वर्षको अन्तसम्म एप स्टोरमा उपलब्ध गराइनेछ । 
एक सूत्रका अनुसार आइफोन ७ को बेस मोडल(३२ जीबी)को मूल्य अमेरिकामा ७४९ डलरसम्म पर्नसक्नेछ । नेपालमा यसको मूल्य १ लाख २० हजारसम्म पर्नसक्छ । 

  • बिजशाला डट कम 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी