×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गच्छदारले आफ्नैले खतरनाक धम्की दिएपछि…

LAXMI SUNRISE BANK

गच्छदारले आफ्नैले खतरनाक धम्की दिएपछि…

२३ भाद्र २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौँ – पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागिताको विषयलाई लिएर मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ ।

उपाध्यक्ष जितेन्द्रनारायण देवलगायत केही आकांक्षीले मन्त्री बन्न गच्छदारले नसघाए पार्टी फुटाउने धम्की दिएसँगै विवाद सतहमा आएको हो ।
गच्छदारले पार्टीभित्र मन्त्री बन्ने आकांक्षीले कृत्रिम विवाद खडा गरेको जिकिर गरे । ‘यो सरकारमा हाम्रो पार्टी जाने भन्ने निर्णय कार्यसम्पादन समिति र संसदीय दल बैठकमा भइरसकेको छ’, प्रधानमन्त्रीले पनि भारतबाट फर्केपछि मधेसवादी दल र हाम्रो दललाई सरकारमा लैजाने भन्नुभएको छ’, गच्छदारले बुधबार तिनकुनेस्थित मुख्यालयमा भने, ‘तर कसले प्रायोजित रुपले कृत्रिम विवाद खडा गर्दैछ, मन्त्री बन्ने तीव्र इच्छा राखेर मात्रै हुन्छ ? पहिले कुन–कुन मन्त्रालय पाउने टुंगो लाग्नुपर्छ नि ?

मन्त्री बन्ने लोभमा पार्टीलाई कसैले हानी/नोक्सानी पु¥याउन नहुने गच्छदारले बताए ।  सम्मानजनक स्थिति बने आफू पनि सरकारमा जान सक्ने उनले संकेत गरे ।

  • कान्तिपुर दैनिक

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी