×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जलविद्युतमा गरिएको २२ अर्ब लगानी प्रभावित

LAXMI SUNRISE BANK

जलविद्युतमा गरिएको २२ अर्ब लगानी प्रभावित

२२ भाद्र २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


बेसीशहर – पूर्वी लमजुङको दोर्दीखोलामा निर्माणाधिन नौथर–सेरा जोड्ने पुल ठेकेदारको लापरबाहीका कारण विगत– ५ वर्षदेखि अलपत्र छ । दोर्दी करिडोरका एक दर्जन गाविस जोड्ने उद्देश्यले निर्माण गर्न लागिएको सो पुलको काम ठेकेदारले समयमै अघि नबढाउँदा स्थानीय वासिन्दाले सास्ती खेप्नुपरेको छ । एउटै ठेकेदारले धेरै काममा ठेक्का पार्ने अनि काम सुरु गरेर वर्षौसम्म अलपत्र छाड्दा समस्या भएको हो ।  
ठेकेदार पाएजति सबै ठेक्का आफैं लिने र कामदारको अभाव देखाएर वर्षौँसम्म काम अपलपत्र पार्ने प्रक्रियाको अन्त्य हुनुपर्ने माग सांसद लालबहादुर तमुको छ । ६ वर्षअघि पाँच करोड रुपैयाँको लागतमा निर्माण सुरु गरिएको पुल यतिबेला अलपत्र छ । छ वर्षको अवधिमा पुलमा तीनवटा पिलर बन्नुबाहेक अन्य कुनै पनि काम भएको छैन ।  विसं.२०७० असार मसान्तसम्ममा पुल निर्माण गरिसक्न थप म्याद दिइएको थियो तर २०६८ देखि २०७० सम्म ठेकेदार कम्पनी सपना जयबाबा जेभीले एक-एक वर्षको फरकमा एउटा एउटा खाडल खन्दै पिलर राख्दै आएपनि विगत दुई वर्षदेखि पुल बनाउने कार्यमा सिन्को पनि नभाँचेको स्थानीय राजनीतिक दलका प्रतिनिधिको भनाइ छ ।  
कांग्रेस सभापति भेषबहादुर पौडेल भन्छन ‘हामीले चारवर्ष अघि नै पुलः निर्माणका लागि भन्दै खाडल खनेको देखेका थियौँ तर अहिलेसम्म खाडल खन्ने र पुर्ने बाहेक पुलःनिर्माणको काम अघि बढेको पाइएन । त्यस्ता ठेकेदारलाई तत्काल कालोसूचीमा राखेर कारबाही प्रक्रिया अघि बढाउनुपर्छ ।’  ठेकेदार कम्पनीले बारम्बारको चेतावनीलाई समेत बेवास्ता गरेपछि ठेक्का प्रक्रियानै रद्द गरेर नयाँ प्रक्रियामा जाने तयारी भएको जिल्ला विकास समितिले बताएको छ । दोर्दी करिडोरमा मात्र जलविद्युत् क्षेत्रमा निजी क्षेत्रबाट २२ अर्ब रुपैयाँ भन्दा बढी लगानी भएको तर पुलःनिर्माणले गति नलिँदा वर्षायाममा सबै जलविद्युत् आयोजनाको काम रोक्नुपर्ने बाध्यता छ । 
 स्थानीय विकास अधिकारी शेखर पौड्यालका अनुसार जिल्लाको दोर्दी करिडोरमा मात्र जलविद्युत् आयोजनका लागि २२ अर्ब रुपैयाँ लगानी भइसकेको छ तर नदीमा पुलःनिर्माण नहुँदा वर्षायाममा काम रोक्नुपर्ने बाध्यता छ ।  पुल निर्माण छिटो गर्न बारम्बार ताकेता गरे पनि ठेकेदारले कानमा तेल हालेर बसेको छ । 
सडक डिभिजन कार्यालयले पनि ठेकेदारलाई बारम्बार ताकेता गरिएको तर उसले कुनै सुनुवाई नगरेकाले ठेक्का प्रक्रिया खारेजी गरेर नयाँ बोलपत्र आह्वानको तयारी रहेको जनाएको छ । सो पुलःनिर्माण नहुँदा पूर्वी लमजुङका दर्जन भन्दा बढी गाविस सडक सञ्जालसँग जोडिन सकेका छैनन् । 
  • कान्तिपथ 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी