- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नबिल बैंक लिमिटेड र युनाइटेड फाइनान्सको असार ५ गते विशेष साधारणसभा बस्दैछ । एक्वायर प्रस्ताव पारित गर्न दुवैले आफ्नो विशेष सभा आ–आफ्नो केन्द्रीय कार्यालयमा भर्चुअल माध्यमबाट बिहान ११ बजे बोलाएका हुन् ।
सभाले युनाइटेड फाइनान्सलाई नबिल बैंकले १०० बराबर ३५ को सेयर स्वाप रेसियोमा प्राप्त गर्ने प्रस्ताव पारित गर्नेछ । साथै एक्विजिसनसम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालन समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।