Skip to content
LAXMI SUNRISE BANK

करोडौं कमाउने बैंकहरुका वेवसाइटको कन्तबिजोग, कुनै खुल्दै खुल्दैनन्, कुनै ‘मोबाइल फ्रेन्ड्ली’ छैनन्

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – देशमा रहेका विभिन्न बैंकहरुले अनलाइनमा आफु र आफ्नो प्रोडक्टका बारेमा जानकारी दिइरहेका छन् । यीमध्ये अधिकांसले इ- बैंकिङको सुबिधा समेत दिइरहेका छन् । तर बार्षिक करोडौं रुपैयाँ कमाउने यी बैंकहरुको वेवसाइट भने गतिला छैनन् ।
तपाइंले वेव नेपाल इन्भेष्टमेन्ट बैंकको वेव साइट मोबाइलबाट हेर्नु भयो भनेर राम्रोसँग हेर्न मिल्दैन । अर्थात वेव साइट रेस्पोन्सेभ छैन । ट्याब वा अन्य उपकरणबाट हेर्दा पनि साइट सहज छैन । डेस्कटप वा ल्याबटप बाट हेर्दा मात्र साइट राम्रो देखिन्छ ।        
यति देभलोपमेन्ट बैंकको यो स्क्रिनशट हेरेपछि अरु केहि भन्नु पर्दैन होला । बैंकको साइट पूरै डाउन छ ।  
जनता बैंकको पनि वेव साइट रेस्पोस्निभ छैन । 
सिटिजन बैंकको वेव साइट पनि रेस्पोनसिभ छैन । डेस्कटप मै हेर्दा पनि साइटको डिजाइन गज्याङगुजुङ देखिन्छ ।   
सेन्चुरी बैंकको साइटमा पनि समस्या उही छ । साइट रेस्पोन्सिभ छैन ।  
ग्लोबल आइएमइ बैंकको वेव साइटपनि एकतातर्फ रेस्पोन्सिभ छैन भने अरु उपकरणबाट हेर्दा पनि समस्या छ । यो बैंकको साइट पनि डेस्कटप फ्रेन्ड्ली मात्र छ ।  
यी प्रतिनिधि साइटहरु मात्र हुन् । नेपालका अधिकांस बैंकका वेव साइटमा केहि न केहि समस्या छ । कतिपय बैंकका साइट बन्द नै छन् भने कतिपय साइट खुल्न निकै समय लाग्ने, बीचैमा नखुल्ने जस्ता समस्या भएका छन् । मासिक करोडौं कमाउने बैंकले प्रविधिको यो युगमा राम्रो वेवसाइट पनि निर्माण गर्ने कि ?   
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK