काठमाडौँ – साताको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर छ। सोमबारको कारोबारमा प्रति तोला ५८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन तोलामा १ सयले घटेर प्रति तोला ५६ हजार ५ सयमा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५८ हजार २ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ। चांदी प्रति तोला ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाल सुनचांदी ब्यबसायी महासंघले आज मंगलबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ५० हजार १ सय ५५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४९ हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ७ सय ५० रुपैयाँ रहेको छ।