×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालले ल्याउने भयो सिंगापुरबाट एक करोड डलर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपालले ल्याउने भयो सिंगापुरबाट एक करोड डलर

२१ भाद्र २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौँ – डलर अभाव पुरा गर्न राष्ट्र बैंकले एक करोड डलर ल्याउने तयारी गरेको छ । विभिन्न वाणिज्य बैंकले दसैंसम्म डलर ल्याउने तयारी गरिरहेकोमा निजी बैंकले विदेशबाट डलर ल्याउँदा विनिमय दर फरक पर्ने भन्दै आफैं डलर ल्याउने तयारी राष्ट्र बैंकले गरेको हो । निजी बैंकले राष्ट्र बैंक समक्ष डलर ल्याउने प्रस्ताव गरिसकेका छन् ।

बजारमा देखिएको डलर अभाव पूर्ति गर्नका लागि राष्ट्र बैंक आफैंले पहल थालेको छ । यसका लागि एक सातादेखि गृहकार्य भइरहेको छ । बजार व्यवस्थित गर्न फरक विनिमय दर हुन नदिन र बजारमा एक रूपता ल्याउन राष्ट्र बैंक आफैंले सिंगापुरको सीआइएमबी बैंकमा रहेको मौज्दातमध्ये एक करोड डलर कार्गो गरेर ल्याउन प्रक्रिया थालेको हो ।

  • अन्नपूर्ण पोस्ट
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी