×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विभाजनको संघारमा पुग्यो मधेसी मोर्चा

LAXMI SUNRISE BANK
GLOBAL

विभाजनको संघारमा पुग्यो मधेसी मोर्चा

२० भाद्र २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौँ – संविधान संशोधनका विषयलाई लिएर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा विभाजनको सँघारमा पुगेको छ ।संविधान संशोधनका लागि कार्यदल गठनको विषयमा विवाद बढ्दा मोर्चा नै विभाजित हुने अवस्थामा पुगेको हो । आइतबार मधेसी मोर्चासहित बसेको संघीय गठबन्धनको बैठकले संविधान संशोधनका लागि मस्यौदा कमिटी गठन गरेको छ । तर मोर्चामा आवद्ध चार दलले सो निर्णयलाई अस्वीकार गर्दै कमिटी आवश्यक नै नरहेको बताएको छ ।
संघीय गठबन्धनले संविधान संशोधनका लागि सदभाववना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णको स्रयोजकत्वमा ११ सदस्यीय मस्यौदा कमिटी गठन गरेको छ । तर कमिटीका संयोजक रहेका कर्णले आफूलाई सोबारे कुनै जानकारी नभएको भन्दै अस्वीकार गरेका छन् ।
सदभावना अध्यक्ष राजेन्द्र महतोले पनि मस्यौदा कमिटीको कुनै आवश्यकता नरहेको भन्दै अस्वीकार गरे । मधेसी मोर्चाले यसअघि न नै सरकारलाई बुझाएको ११ बुँदे र गठबन्धनले बुझाएको २६ बुँदे माग पूरा गर्नुपर्ने महतोले बताए ।
‘गठबन्धनद्वारा गठन गरिएको ड्राफ्टिङ (मस्यौदा) कमिटीको आवश्यकता नै छैन’, महतोले भने, ‘आन्दोलन गर्दा मधेसी मोर्चाले गर्ने र समिति गठन गर्दा मोर्चाको सरसल्लाहमै हुनुपर्ने भए पनि त्यसको खास आवश्यकता छैन ।’

तराई–मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष बृषेशचन्द्र लालले ड्राफ्टिङ कमिटी गठनबारे आफ्नो दललाई जानकारी नभएको बताए । ‘ड्राफ्टिङ कमिटी केका लागि गठन भएको हो ? त्यो मलाई थाहा छैन । मोर्चामा यसबारे केही छलफल नै भएको छैन’, उपाध्यक्ष लालले भने ।

  • राजधानी दैनिक

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी