Skip to content
LAXMI SUNRISE BANK

प्रचण्डको प्रशंसा गर्दै माधव नेपालले भने–काँग्रेस भ्रष्टाचारी हो, त्यसका नेता फास्ट ट्रयाकमा देश डुबाउन लागेका छन्

अर्थ सरोकार


काठमाडौँ – एमाले वरिष्ठ नेता माधवकुमार नेपालले काठमाडौँ –निजगढ द्रुत मार्ग (फास्ट ट्रयाक) निर्माणको जिम्मा भारतलाई दिन नहुने बताएका छन् ।

नेता नेपालले फास्ट ट्रयाक नेपाली लगानीमै बन्नुपर्नेमा जोड दिए । फास्ट ट्रयाक बनाउने निर्णय र शिलान्यास गर्ने काम आफू प्रधानमन्त्री भएका बेला गरेको स्मरण गर्दै नेपालले विदेशीलाई दिँदा नेपालको हितमा नहुने प्रस्ट्याए । आफू प्रधानमन्त्री भएकै बेला त्यसको अन्तर्राष्ट्रिय टेण्डर दिएर डीपीआर तयार पार्ने काम थालिए पनिसरकार परिवर्तन भएपछि यो काम अघि बढ्न नसकेको उल्लेख गरे ।

नेपालले तत्कालिन सुशील कोइराला नेतृत्वको सरकारले गलत सर्तमा लगत कम्पनीलाई दिन खोज्दा आफूले विरोध गरेको र पनि एमालेले समेत विरोध जनाएको बताए । फास्ट ट्रयाक भारतीय कम्पनीलाई दिने तयारी देशलाई नै ध्वस्त पार्ने र अकुत भ्रष्टाचारका योजना भएको आरोप उनको छ । नेता नेपालले केपी ओली नेतृत्वको सरकारले ढिलै भए पनि फास्ट ट्रयाक निर्माणको काम अघि बढाउन खोजेको र वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उक्त आयोजना नेपाल आफैंले बनाउने भनेर राखेको अडानको प्रशंसा गरे ।

‘सुशील कोइराला नेतृत्वको सरकारले जुन सर्तमा जुन कम्पनीलाई दिन खोज्यो त्यो देशको अहितमा थियो । त्यसमा देशलाई नै ध्वस्त पार्ने अकुत भ्रष्टाचारका योजना थिए । सुरुदेखि नै मैले त्यसको विरोध गरें । हाम्रो पार्टीले पनि पछि त्यसको विरोध ग¥यो । केपी ओली नेतृत्वको सरकारले केही ढिला गरेर भए पनि त्यो बनाउने राम्रो निर्णय ग¥यो’, अन्नपूर्ण पोस्टमा प्रकाशित अन्तर्वार्तामा नेपालले भनेका छन्, ‘ अहिलेका प्रधानमन्त्रीले पनि यसलाई नेपाल सरकारले नै बनाउँछ भनेकाले अलिकति आशा जगाएको छ ।’

नेपालले काँग्रेसभित्र देशभक्तिको भावना नै नरहेको आरोप लगाए । काँग्रेसमा भ्रष्टाचार बाहेक केही नरहेको र भ्रष्टाचारमा लिप्त भएर काँग्रेसका केही मानिस देश डुबउने देलमा लागिरहेको टिप्प्णी गरे । ‘योभित्र (काँग्रेसभित्र) भ्रष्टचार बाहेक अरु केही छैन । भ्रष्टाचारमा लिप्त भएर देश डुबाउन काँग्रेसभित्रका केही मानिस लागिरहेको देखिन्छ’, उनले भनेका छन । नेता नेपालले असी/पचासी अर्बमा बन्ने योजनालाई एक खर्ब बाह्र अर्ब पु¥याएर दिन खोजिएकाले त्यो देशको अहितमा रहेको स्पष्ट गरे ।

भारतीय कम्पनीको सर्तअनुसार फास्ट ट्रयाक बनाउँदा नेपाललाई नोक्सान हुने बताए । ‘उसको सर्तअनुसार त्यो ट्रयाकमा दस–बाह्र हजार सवारी साधन नै चल्दैन । दस हजारको संख्यमा बाहन नचले त्यसको क्षतिपूर्ति दिन्छु भनेर जुन सम्झौता गर्न खोजिएको छ, त्यो गलत छ’, नेपालले भनेका छन् । उनले एमाले र माओवादीबीचको गठबन्धन भत्केका कारण मुलुकले दुर्दशा ब्यहोर्नुपरेको टिप्पणी गरेका छन् ।

  • काठमाडौँ टुडे 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK