×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्री कार्यलयमा के गर्न आए यि जोगी ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रधानमन्त्री कार्यलयमा के गर्न आए यि जोगी ?

Artha Sarokar

१८ भाद्र २०७३, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सर्वसाधरणको प्रवेशमा कडाई गरिने प्रमुख प्रसाशनिक निकाय सिंहदरवारमा जोगीका भेषधारीहरु सहजै प्रवेश गरिरहेको भेटिन्छ । यस्तै मध्यका एक जोगी अचेल हरेक दिनजसो सिंहदरवार भित्रन्छन ।
सिंहदरवार उनले चाहर्न बाँकी सरकारी कार्यालय कुनै छैन । इलाका प्रहरी कार्यालय हरकटवा, जिल्ला प्रहरी कार्यालय सर्लाही, जिल्ला प्रशासन कार्यालय, गृह मन्त्रालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा समेत निवेदन चढाईसकेका सर्लाही महिनाथपुर वडा नं. ९ का अच्छेलाल राय यादव प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा भेटिए ।
२०७२ वैशाखको भूकम्पले भत्किएको घर र हात भाँचिएको छोरीको फोटो देखाउँदै राहत माग्दै हिँडेका यादव प्रधानमन्त्री कार्यालयमा पनि निवेदन चढाउने उदेश्यले पुगेकारहेछ ।
‘अरु कार्यालयमा दोहो¥याई ते¥याई गएँ, तर चासो दिएजस्तो लागेन त्यसैले प्रधानमन्त्री कार्यालयमा आएको, तर यहाँ प्रहरीले छिर्न पनि दिएन, बाहिर बस्न पनि नदिंदो रहेछ’ जोगीको पहिरनमा भेटिएका यादवले भने । सरकारी कर्मचारीले यता र उता देखाउँदै झुलाईरहेको उनको भनाई छ ।
भूकम्पले घर भत्किएपछि अच्छेलाल २०७२ असारमै जिल्ला प्रशासन कार्यालय सर्लाहीमा निवेदन दिन पुगेका थिए । राहतको आशमा उनी यसरी मन्त्रालय धाँउदै हिडेका रहेछन । –  एस काठमाडौं 


CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी