×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गृहमन्त्री विमलेन्द्र निधिले फोन नउठाएपछि मधेशका नेताबीच हंगामा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

गृहमन्त्री विमलेन्द्र निधिले फोन नउठाएपछि मधेशका नेताबीच हंगामा

१५ भाद्र २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौँ – पूर्व प्रधानमन्त्री केपी ओलीलाई मधेश विरोधीको विल्ला भिराउदै उक्त सरकार गिराउन महत्वपूर्ण भूमिका खेलेका मधेशका नेताहरु वर्तमान सरकारका मन्त्रीबाट हुनुसम्म हत्तु भएका रहेछन ।
मधेशका ति शीर्षस्थ नेताहरुलाई हत्तु खेलाइदिने मन्त्री पनि मधेशकै छन ।मधेसी दलकै समर्थनमा गठन भएको प्रचण्ड नेतृत्वको सरकारबाटै मधेसी नेता उपेक्षामा परेका गुनासो पोखेका छन । उपप्रधानमन्त्रीसमेत रहेका मधेसकै नेता विमलेन्द्र निधिले मधेसका शीर्षस्थ नेताको फोन नउठाएसँगै उनीहरु निधिसँग बिच्किएका हुन् ।
भएको चाहिँ के रहेछ, भने मधेसका नेता राजेन्द्र महतो तारन्तार गृहमन्त्री निधिलाई फोन सम्पर्क गर्दा रहेछन् । तर, उनको फोन आएसँगै विमलेन्द्रले ‘विजी मोड’मा राखिदिने र फोन नै नउठाइदिँदा उनी हत्तु भए ।उही हालतमा रहेछन, महन्थ ठाकुर पनि । जब–जब महन्थ  सम्पर्क गर्छन, उनको फोन समेत विमलेन्द्रले रिसिभ नगर्ने !
कहिले ‘बिजी मोड’ मा राखिसदने, कहिले ‘कल डाइर्भट’ गरिदिने । यसरी मधेसका अधिकांश नेता विमलेन्द्र निधिले फोन रिसिभ नगरेर हतु भएका छन् ।
मधेसका अधिकांश शीर्षस्थ नेताको फोन उनले रिसिभ नगरिरहँदा राजेन्द्र महतोको पार्टीका महासचिव मनीष सुमनको फोन रिङ जानै नपाई निधिल रिसिभ गरेसँगै अहिले मधेसी मोर्चामै हल्लीखल्ली मच्चिएको छ ।

अहिले निधि र मनीष सुमनबीचको केमेस्टी यतिबिघ्न मिल्नुको कारणको खोजी मधेसी मोर्चाभित्रैबाट हुन थालेको छ । यद्यपि यस विषयमा तराई मधेश समता पार्टीका अध्यक्ष महेन्द्र यादवसँग जिज्ञासा राख्दा मधेशको मागप्रति यो सरकार जति अन्य कुनै पनि सरकार लचिलो र सहज नभएको जिकिर गरे ।अर्काे नेता मनिष सुमनसँग जिज्ञासा राख्दा हाँसेर टारिदिए ।
  • एस काठमाडौँ 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी