
काठमाडौँ – सत्तासाझेदार तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दुवै जना स्वास्थ्य उपचारका लागि विदेश प्रस्थान भैसकेको केही दिन नवित्दै सरकारले पूर्वराष्ट्रपतिको स्वास्थ्य उपचारका लागि भनेर ६० लाख सहित दैनिक भत्ता दिने निर्णय गरिसकेको छ ।
भारतमा क्यान्सरको रोग देखापरेपछि थप उपचारका लागि अहिले उनी अमेरिका स्थित हेनरीफोर्ड अस्पतालमा आगामी सेप्टेम्बरको तेस्रो हप्ता जाने भएका हुन् ।
सरकारले यादवका लागि भनेर ६० लाख उपचार खर्च, जाने(आउने विजनेश क्लासको टिकट साथै दैनिक ३०० डलर भत्ताको व्यवस्था मिलाइसकेको छ ।
साथै, पूर्वउपराष्ट्रपति यादवलाई तीन सहयोगी सहित उनीहरुको ह्वाई टिकट र दैनिक १५० डलर भत्ता दिने निर्णय गरिसकेको छ ।
अहिले सम्म सरकारले पूर्वराष्ट्रपतिलाई पेश्की मात्र उपलव्ध गराएको छ बाँकि सवै स्वास्थ्य उपचार खर्च सरकारले व्यहोर्ने छ ।
- एस काठमाडौँ
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्