×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पूर्व सभासद् शान्ता चौधरीको घरमा लुटपाट

LAXMI SUNRISE BANK
GLOBAL

पूर्व सभासद् शान्ता चौधरीको घरमा लुटपाट

१३ भाद्र २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौँ – पूर्वसभासद् शान्ता चौधरीमाथि अर्काे आपत आइलागेको छ । दाङको लक्ष्मीपुरस्थित घरमा गएराती लुटपाट भएको छ चोरले ल्यापटप, ट्याव, केही गरगहना र खुत्रुकेमा जम्मा गरिएको झण्डै १५ हजार लगायतको धनमाल चोरेर लगेको छ ।
पूर्वकम्लरी समेत रहेकी एमाले नेतृ शान्ताले आजसम्म कमाएको र उपहारमा प्राप्त भएको सम्पत्ति सबै लुटिएको बताएकीछिन । छोरीका लागि पछि चाहिएला भनी बनाएका केही गहना, आमाले केही पुख्र्यौली गहना दिनुभएको थियो, साथीहरुले उपहार स्वरुप दिएका ल्यापटप र प्यानटप समेत चोरी भएको छ ।
गरिवी र राजनीति नामक पुस्तक प्रकाशनको तायरीमा रहेकी चौधरीको त्यही ल्यापटप चोरी समेत भएको छ । शान्ता क्यान्सर पीडित हुन् । लामो समयको उपचारपछि क्यान्सर मुक्त हुँदैछिन् । विभिन्न रोगव्यादीले च्यापेकी शान्ता संर्घषशील व्यक्तिका रुपमा परिचित छिन् । दुई सन्तानकी आमा शान्ता १८ बर्ष कम्लरी बसेकी थिइन् ।

लक्ष्मीपुरको डाँडा गाऊँस्थित घरमा उनी एक्लै बस्दै आएकी छिन् । उनका छोरा र छोरी काठमाडौंमा पढ्दछन् । शान्ता जेठानीको छोराको विहेका लागि घरबाहिर रहेको अवस्थामा घरमा लुटपाट भएको हो ।

  • एस काठमाडौँ 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी