×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्री प्रचण्डको जवाफ ‘मैले भारतसँग माफी मागेको छैन,माग्ने पनि छैन’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रधानमन्त्री प्रचण्डको जवाफ ‘मैले भारतसँग माफी मागेको छैन,माग्ने पनि छैन’

१२ भाद्र २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फाष्ट ट्याक भारतलाई दिन लागिएको र भारतीय प्रधानमन्त्रीलाई पत्र पठाएको भन्दै एमालेले गरिरहेको प्रचारबारे दुःख ब्यक्त गर्दै त्यसको खण्डन गरेका छन् ।
नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रममा कुराकानी गर्दै प्रचण्डले एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि लगाएका आक्षेपको खण्डन गरेका हुन् ।
उनले भने ‘छिमेकी मित्रराष्ट्र भारतलाई सरकारले पठाएको पत्रबारे प्रतिपक्षी दलका साथीहरुको प्रचार सुन्दा दुःख लागेको छ । औपचारिक कुटनीतिक विषयबाहेक पत्रमा कुनै कुरा उल्लेख गरिएको छैन । नेपालको राष्ट्रिय हित र सार्वभौमिकताबारे सरकार दृढ र प्रष्ट छ । मैले राष्ट्र हित विपरितको पत्र लेख्ने कुरा कल्पनासम्म गर्न सक्दिनँ । दुई देशीय सम्बन्ध सुदृढ गर्ने र उच्चस्तरीय भ्रमणबाहेक पत्रमा कुनै कुरा लेखिएको छैन ।

यो आधारहिन प्रचार हो । यस्तो प्रचारबाट एकछिन भ्रम दिन त सकिएला । तर, प्रकारान्तरमा गलत प्रचार गर्ने साथीहरुकै विश्वासनियता घट्छ भन्ने म ठान्छु ।’ एमाले वृत्तबाट आफूलाई बदनाम गर्न दुष्प्रचार गर्न खोजिएको भन्दै प्रचण्डले भने, ‘फास्ट ट्रयाक निर्माणको जिम्मा विदेशीलाई दिने कुराको कल्पनासम्म गर्न सकिँदैन ।

केपी ओलीजी प्रधानमन्त्री हुँदा नेपालले नै फास्ट ट्रयाक बनाउने भन्ने निर्णय मेरो समर्थन गरिएको हो, जतिबेला म उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक थिएँ । हिजोको निर्णयमा मैले कुनै परिवर्तन गरेको छैन । यो पनि आधारहिन प्रचार हो, यसमा कुनै सत्यता छैन । नेपालको राष्ट्रिय हित विपरित मेरो नेतृत्वको सरकारले कुनै काम गर्दैन ।’

नेपाल टेलिभिजनमा प्रशारण हुँंने प्रधानमन्त्रीसँग सिधा कुरामा प्रधानमन्त्री प्रचण्डले भारतपछि आफु संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने बताएका छन् । त्यसपछि प्रधानमन्त्री प्रचण्ड एक अन्तर्रा्ष्ट्रिय सम्मेलनमा भाग लिन पुनः भारत जाने छन् । दोहोराएर भारतको भ्रमण गरेपछि प्रधानमन्त्री चीन जाने उनले संकेत गरेका छन् ।


प्रधानमन्त्री प्रचण्डले आफू चीन जाने कुरा तय नभएको पनि स्पष्ट पारेका छन् । उनले भनेका छन, ‘चीन भ्रमणको समय तय भएको छैन । तर, भ्रमण हुन्छ । भ्रमणमा दुई छिमेकी बीचको कुटनीतिक सम्बन्धलाई बलियो बनाउने विषयमा कुरा हुन्छ ।
  • एस काठमाडौँ 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी