×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाली संरक्षणका लागि म्याग्दीमा बीउ बैङ्क स्थापना

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बाली संरक्षणका लागि म्याग्दीमा बीउ बैङ्क स्थापना

११ भाद्र २०७३, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – लोपोन्मुख बाली संरक्षणका लागि म्याग्दीको बगरफाँटमा पहिलोपटक चेतना सामुदायिक बीउ बैङ्क स्थापना गरिएको छ ।

समुदायमा आधारित जैविक विविधता संरक्षण तथा प्रवद्र्धन (सिवियम) परियोजना अन्तर्गत जिल्ला कृषि विकास कार्यालय म्याग्दीले धान, मकै, गहुँ, कोदो, भटमास, बोडी, घिराै‌‌‌ला, सागलगायतका खाद्य बालीको बीउ बैङ्क स्थापना गरेको हो ।

स्थानीयस्तरमा भएका तथा अन्य जिल्लाबाट सङ्कलन गरी बैङ्क स्थापना गरिएको चेतना सामुदायिक बीउ बैंक स्थापना गरिएको बीउ बैंकका अध्यक्ष जीतबहादुर कार्कीले जानकारी दिएका छन् ।

उनका अनुसार उपभोक्तामुखी बाली प्रजननद्वारा विकसित नयाँ धान तथा कोसेबालीको जात प्रवद्र्धनका लागि बीउ बैङ्क स्थापना गरिएको हो । जसमध्ये अधिकांश स्थानीयस्तरमा पाइने भए पनि लोपोउन्मुख अवस्थामा रहेका छन् ।

स्थानीयस्तरमा उपलब्ध हुनसक्ने तर लोपोन्मुख अवस्थामा रहेका धान तथा अन्य बालीको प्रवद्र्धनका लागि एउटा छुट्टै भवन स्थापना गर्न लागिएको संस्थाले जनाएको छ ।

जिल्ला कृषि विकास कार्यालय र समुदायको गरी रु ६ लाख बराबरको लगानीमा बीउ बैङ्कका लागि यसैवर्ष भवन निर्माण थालिने बताइएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी