×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संविधान कडाईका साथ कार्यान्वयन गर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

संविधान कडाईका साथ कार्यान्वयन गर

११ भाद्र २०७३, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौँ – नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले संविधानमा सुनिश्चित गरिएका जनताका लोकतान्त्रिक अधिकारलाई कडाइका साथ कार्यान्वयन गरिनुपर्ने बताएका छन् ।

ग्रिन काठमाडौँ क्लिन काठमाडौँ अभियान र ज्योतिदय सङ्घद्वारा शनिबार यहाँ आयोजित वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री तराई मधेसले गर्दैआएको आन्दोलनलाई सम्बोधन गरेर संविधान संशोधन गरिनुपर्ने बताए । उनले सङ्घीयताको सीमाङ्कन निर्धारण गरेर स्थानीय निकायको गाउँपालिका तथा नगरपालिकाको क्षेत्र निर्धारण गर्नु जरुरी रहेको औँल्याए ।

संविधानलाई कार्यान्वयन गरेर स्थानीय, प्रदेश र केन्द्रीय तहको निर्वाचन सम्पन्न गर्नु महत्वपूर्ण हुने उनको भनाइ थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी