×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको साधारणसभा आज, ६० लाख कित्ता आइपीओ निष्कासन गर्ने सम्बन्धमा छलफल हुने

PRIME CA

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको साधारणसभा आज, ६० लाख कित्ता आइपीओ निष्कासन गर्ने सम्बन्धमा छलफल हुने

४ असार २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा आज शुक्रबार हुँदैछ । सभा कम्पनीको प्रधान कार्यालय ज्ञानेश्वरमा भर्चुअल माध्यमबाट दिउँसो १ बजे बस्ने भएको हो । सभामा कम्पनीको ६० करोड रुपैयाँको ६० लाख कित्ता आइपीओ जारी गर्ने सम्बन्धमा छलफल हुनेछ ।
साथै आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने एजेन्डा रहेको छ । आर्थिक वर्ष २०७६–७७ लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुँदैछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: