
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको तेस्रो दिन बजार परिसूचक नेप्से १.२६ अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा केहि सुधार देखिएको छ। साताको दोस्रो दिन सोमबार ३९.३१ अंकले घटेको नेप्से मंगलबार १.२६ अंकले ओरालो लागेर १६८१.८६ को बिन्दुमा रोकिएको छ ।
कारोबारमा आएका समुहगत सूचक मध्ये बैंकिंग , होटेल्स ,विकास बैंक, हाइड्रोपावर बाहेक सबै सूचक घटेका छन् । मंगलबारको कारोबारमा १३९ कम्पनीका ११ लाख ५२ हजार कित्ता सेयर खरिद बिक्रिबाट ८८ करोड १९ लाख ६२ हजार ८ सय १० रुपैयाँ बराबरको कारोबार भएको छ। जसमा सबै भन्दा बढी ४१ प्रतिशत लाभांस प्रस्ताव गरेको नेपाल इन्भेष्टमेन्ट बैंकको मात्रै ७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
अन्य बढी कारोबार हुनेमा नेपाल बंगलादेश बैंक, सिद्दार्थ बैंक लिमिटेड, एभरेष्ट बैंक लिमिटेड रहेका छन । बढी कमाउने कन्काई विकास बैंक, सिद्दार्थ डेभलपमेन्ट विकास बैंक, नबिल बैंक लिमिटेड सस्थापक शेयर, राष्ट्रिय बिमा कम्पनी, एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ता रहेका छन् ।
बढी गुमाउनेमा कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंक, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, नेरुदी लघुवित्त विअक्स बैंक, रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर, बोटलर्स नेपाल(तराई) लिमिटेडका लगानीकर्ता रहेका छन।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्