×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अब तालबराही मन्दिरमा पनि भक्तजनले प्रभु बैंकको क्यूआर कोडमार्फत दान गर्न सक्ने

PRIME CA
GLOBAL IME BANK

अब तालबराही मन्दिरमा पनि भक्तजनले प्रभु बैंकको क्यूआर कोडमार्फत दान गर्न सक्ने

२१ फाल्गुन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्रभु बैंकले तालबाराही मन्दिर गुठी ब्यवस्थापन समितिलाई ‘क्यूआर’ कोड हस्तान्तरण गरेको छ । बैंकले संकलित भेटी तथा दक्षिणालाई डिजिटल पविधि मार्फत व्यवस्थापन गर्ने हेतुले ‘क्यूआर’ कोड हस्तान्तरण गरेको हो । फेवातालको बिचमा रहेको बाराही मन्दिरमा आज (फागुन २१ गते) एक कार्यक्रमका बिच नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले ‘क्यूआर’ कोड हस्तान्तर गरेका हुन् ।
यो सुविधासंगै मन्दिरमा भक्तजनले आफ्नो मोबाईल बैंकिङ्ग एप्लिकेसन मार्फत सजिलै दान गर्न सक्नेछन् । नगद कारोबारलाई विस्तारै विस्थापन गरी डिजिटल कारोबार र नगद रहित कारोबारलाई बढावा दिने उद्देश्यका साथ उक्त सेवाको सुरुवात गरिएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: