सप्तरी – कालोबजारी गरी बढी मूल्य लिएर पेट्रोलियम पदार्थ बिक्री वितरण गरेको भन्दै एक पसलेलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।
बोरिया गाविस–७ घर भई हाल राजविराज–६ निवासी ३० वर्षीय रञ्जीत दासले आफ्नै धानको पसलमा करिब २३ लिटर पेट्रोल लुकाइ राखेको र उनले ग्राहकसँग बढी मूल्य लिएर बिक्री वितरण गरेको पाइएपछि पक्राउ गरिएको छ ।
उनलाई गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।