×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

असुरक्षित बन्दै चन्द्रागिरी केवलकार, चालिस मिनेट बीच डाँडामै अड्कदा यात्रुहरुको कोलाहाल

PRIME CA

असुरक्षित बन्दै चन्द्रागिरी केवलकार, चालिस मिनेट बीच डाँडामै अड्कदा यात्रुहरुको कोलाहाल

५ भाद्र २०७३, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – अहिले चन्द्रागिरीमा केबलकार चलेको चर्चा निकै छ ।  तपाई पनि आफ्ना बालबच्चा लिएर वा मन्दिरको दर्शन गर्ने भन्दै बुढाबुढी लिएर भर्खरै खुलेका चन्द्रागिरी केलकार चढ्ने तयारी त गर्दैहुनुहुन्न ? यदी हुनुहुन्छ भने एक पटक विचार गर्नुहोस् । शुक्रवार मध्यान्ह ४० मिनेट बन्द भएसँगै चन्द्रागिरी केवलकारका बारेमा हल्लीखल्ली मच्चिएको छ ।

शुक्रबार यस्तो भयो 
केवलकार चलिरहेको थियो तर बीच डाँडामा पुगेपछि करीब ४० मिनेटसम्म बन्द भयो । त्यसमा चढेका सर्वसाधरण तथा बालबालिका आत्तिए, रोए कराए तर विकल्प केहि थिएन । पहिलापहिला पनि ५-१० मिनेट केवलकार रोकिएको थियो तर शुक्रबार त अचम्मै भयो । ‘अव म त कहिले पनि आउँदीन’ एक यात्रुले अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै भने । यो घटनापछि कतिपय त केवलकार नचढी नै फर्किएका थिए । ‘ज्यानभन्दा ठुलो कुरा केहि छैन । यो दर्ता नै नभएको केवलकारको कसले जिम्मा लिन्छ र ?’ अर्का एक यात्रुले अर्थ सरोकार डटकमसँग गुनासो पोखे ।   
  
पैसा समेत फिर्ता गरियो :
केवलकारमा यात्रा गर्दागर्दै केवलकार बीचमै ४० मिनेट रोकिए पछाडि टिकट काटेका केहि यात्रुहरुले व्यवस्थापनसँग पैसा फिर्ता मागेका थिए । सुरुमा केहि किचकिच गरेपनि यात्रुहरुले चरम दवाव दिएपछि उनीहरुको पैसा समेत फिर्ता गरिएको थियो ।  
यद्यपी उक्त केवलकार संचालन गर्ने कम्पनीका प्रतिनिधिले भने केबलकार ब्याट्रीको समस्याका कारण १० मिनेट मात्र रोकिएको दावी गरेका छन् । चन्द्रागिरी केवलकार चन्द्रागिरी नगरपालिकामा विना दर्ता सञ्चालन भइरहेको नगरपालिका स्रोतको दावी छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: