
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले पूर्वनिर्धारित समयभन्दा थप एक दिन उत्तर छिमेकी चीनमा बस्ने भएका छन् ।
महरा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विशेष दूतका रुपमा हाल चीनमा छन् । बेइजिङबाट बिहीबार सिचुआन प्रान्तको छन्दु आइपुगेका महरा आज स्वदेश फर्कने कार्यक्रम थियो । औपचारिक भ्रमण सकिए पनि अनौपचारिक भेटघाट बाँकी रहेकाले महरा थप एक दिन उतै बस्न लागेका हुन् ।
बेइजिङमा रहँदा महराले चिनियाँ प्रधानमन्त्री ली खछ्याङ र विदेशमन्त्री वाङ यीसँग उच्चस्तरीय भेटावार्ता गरेका थिए । चीनले हालै भएको सरकार परिवर्तनलाई नियमित प्रक्रिया भन्दै त्यसले दुई देशबीचको सम्बन्धमा कुनै फरक नपर्ने प्रतिक्रिया दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्