×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाली सेनाको २२ करोड रुपैयाँ जोखिममा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपाली सेनाको २२ करोड रुपैयाँ जोखिममा

Artha Sarokar

१ भाद्र २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेर विघटनमा रहेका बैंक तथा वित्तिय संस्थाहरुमा जम्मा गरिएको नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा रहेको करिब २२ करोड २३ लाख रुपैयाँ जोखिममा रहेको छ । तर त्यस्ता बैंकहरुको अचल सम्पत्ति रोक्का राखेकोले ती रकम पनि उठ्ने सम्भावना भने रहेको छ ।

गत आर्थिक वर्षसम्म २८ करोड रुपैयाँ जोखिममा रहेकोमा अहिले २२ करोड २३ लाख रुपैयाँ उठाउन बाँकी रहेको नेपाली सेनाले जनाएको छ। सेनाको कल्याणकारी कोषमा अहिले ३३ अर्ब छ करोड रुपैयाँ रहेको पनि उनले जानकारी दिए। एक करोड २४ लाख एक हजार रुपैयाँबाट २०३२ सालमा शुरु भएको कोषमा गत वर्ष भन्दा दुई अर्ब ७१ करोड रुपैयाँले बृद्धि भएको हो। 
सेनाले क वर्गको वाणिज्य बैंकमा ३२ अर्ब ६९ करोड, ख वर्गको बैंकमा चार करोड नौ लाख र ग वर्गको फाइनान्स कम्पनीमा ३२ करोड ९९ लाख रुपैयाँ राखेको छ।   सेनाले स्वास्थ्य, शिक्षा, आर्थिक राहत र आवास तथा विमा जस्ता कामहरु सञ्चालन गर्दै आएको छ भने जलविद्युत आयोजनामा लगानीका लागि पहल भइरहेको छ । 
ऐनमा भएका नीतिगत समस्याको कारण सेनाले सबै क्षेत्रमा लगानी गर्न सकेपनि प्रर्वद्धकको रुपमा काम गर्न नपाउने प्रावधान रहेको छ ।  सेनाको कल्याणकारी कोषले सात वटा महाविद्यालय, एउटा विद्यालय र एउटा छात्रावास सञ्चालन गरिरहेको छ। जसमा कल्याणकारी खर्चको ३१ प्रतिशत रकम ६२ करोड सात लाख रुपैयाँ खर्च गर्दै आइरहेको पाइन्छ । गत वर्ष गएको विनाशकारी भूकम्पबाट पीडित भएका सेना र उनका परिवारलाई क्षतिपूर्ति, किरियाखर्च र राहत रकम अन्तर्गत दुई अर्ब ४९ करोड ३४ लाख १७ हजार रुपैयाँ राहत रकम पनि सेनाले वितरण गरेको थियो। 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी